रत्ननगर महोत्सवमा खुल्ला भलिबल प्रतियोगिता

रत्ननगर १९ फागुन । 

रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । 


 

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । 

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १००,दोस्रो हुने टिमलाई ५५ हजार,तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार राशी रहेको खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

Comments