Showing posts with label Fail. Show all posts
Showing posts with label Fail. Show all posts

Tuesday, June 16, 2015

एस एल सि नतिजा छिट्टै, हेर्ने तरिका के

             परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गत बर्ष जेष्ठ ३० गते प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस बर्ष बैशाख १२ गतेको भुकम्प र पराकम्पनका कारण प्राबिधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलाई भएको बताएको हो ।
               कार्यालयले यस बर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारीमा लागेको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर द्वारेले ढिलोमा असारको पहिलो सतासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लाएको बताउनुभयो ।  
          उहाँले अती गोप्य कामहरु भईरहेको जानकारी दिदै यि काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । परीक्षा गत चैत्र ५ गतेदेखी १३ गते सम्म सन्चालन भएको थियो ।
         यस बर्ष देखी सुरु भएको प्राबिधिक तर्फको प्रबेशिकाको नतिजा असारको दोश्रो साता मात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भन्नुभयो "प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यस्को एक सातापछी मात्रै प्राबिधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।"
        प्राबिधिक बिषयको ९९ बिद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशीत गर्ने भएकाले १ साता ढिलो हुने भएको उहाको भनाइ छ ।
          यस बर्षको परीक्षामा कुल ५ लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन जस्मा नियमित तर्फ छात्र २ लाख १२ हजार ५०४ र छात्रा २ लाख १३ हजार ७१० गरी कुल ४ लाख २६ हजार २१४ जना तथा एक्जाम्टेड तर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कुल १ लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिनुभयो ।
        
यस बर्ष सुरु गरिएको प्राबिधिक तर्फ भने छात्र २ हजार ३७ जना र छात्रा तर्फ १ हजार २५१ जना गरी ३ हजार २८८ जना परीक्षामा सहभागी भएका छन ।