Wednesday, August 23, 2017

बाढि प्रभावितलाई रेडियो अर्पण र अर्पण साकोसले आवास निर्माणमा सहयोग गर्ने

चितवन रत्ननगर–०१,  बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हरेक वर्ष हरितालिका पर्व तीजको अवसरमा संचालन गर्दै आएको अर्पण तीज महोत्सवको यो वर्षको संस्करण संचालन नगर्ने निर्णय गरेको छ । द्दय सस्थाको हिजो आइतबार बसेको संयुक्त बैठकको निर्णयानुसार हालै आएको वाढिको प्रभावबाट हुन पुगेको जन धनको क्षति प्रति गहिरो दुःख प्रकट गर्दै त्यसतर्फ सहयोग जुटाउने गरि यस्तो निर्णय गरेको रेडियोका सचिव सुरज पौडेलले जानाकारी दिनुभयो । सो बैठकबाटै  संस्थाले स्थापना गरेको अर्पण आपतकालिन राहत कोषमा अर्पण साकोसका शेयर सदस्यहरुबाट प्रति शेयर सदस्य रु.१ हज्जारका दरले रकम संकलन गर्न समेत आग्रह गर्नुका साथै यस आपतकालिन कोषमार्फत सहयोग गर्न चाहने जो कुनै व्यक्ति तथा संघ संस्था, बचतकर्ता सदस्य, श्रोता एवं विज्ञापनदाता सबैमा अर्पण साकोसमा रहेको कोषको खातामा नगद जम्मा गर्न सकिने गरि आग्रह समेत गरिएको अर्पण साकोसका कोषाध्यक्ष मेघनाथ पौडेलले बताउनुभयो । द्दय संस्थाका अध्यक्ष वेद प्रसाद आचार्यले उक्त कोषबाट संकलित रकमलाई रत्ननगर नगरपालिका वा खैरहनि नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको आवास विहिन हुन पुगेकालाई स्थानीय निकायको समन्वयमा आवास निर्माणमा सहयोग गरिने गरि व्यवश्था मिलाइने भएकाले सबैमा सहयोगका लागि अनुरोध गर्नुभएको छ । यस अघि पनि २०७२ को बैशाख १२ गते गएको भुकम्प र त्यसपश्चात्का पराकम्पनबाट भएको क्षतिमा राहत संकलन गरि धेरै ठाँउमा अत्यावश्यकीय राहत सामाग्रि वितरण गर्दे यस क्षेत्रमा अब्बल सामाजिक संस्थाका रुपमा परिचित गराएका यी संस्थाले गत  श्रावण २८ र २९को बाढीबाट प्रभावितलाई भने आवास निर्माणमा सहयोग गर्ने भएको छ । बैठक द्दय संस्थाका अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment