रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन

रत्ननगर । 

टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । 


 रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चितवनको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा सामाग्री किनमेल गर्नको लागि व्यवसायिक स्टलहरुमा भीड लाग्ने गरेको छ । घरायसी प्रयोजनको लागि चाहिने सामाग्री खरिदमा मान्छेहरुको भीड लागेको हो । 


 वालउद्यान,जीप साइकलिङ,जीपलाइन सफारीमा पनि मान्छेको आर्कषण रहेको छ । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा ४२५ स्ट रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । 



Comments