जागृति टोलको साधारण सभा, सन्तोष अधिकारी सहितको युवा टिम चयन

१५ माघ, शनिवार
रत्ननगर

 

रत्ननगर १० को जागृति टोल बिकास संस्थाले सत्रौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न गरेको छ । 

 साधारण सभा उद्घाटन सत्रको अध्यक्षता टोल बिकास संस्थाकी अध्यक्ष शोभा धितालले गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष केशव आचार्यले जागृति टोलले वडाको बिकासमा रचनात्मक भूमिका खेलेकोमा प्रशंसा ब्यक्त गरे ।
सत्य साई केन्द्र बाग्मति प्रदेश सदस्य तथा टोल सदस्य संजय बरालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
संस्थाको गतिविधि तथा आगामी कार्ययोजना टोल बिकास संस्थाका तर्फबाट निवर्तमान अध्यक्ष सुजन बरालले पेश गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, टोल सल्लाहकार देवी दवाडी, उन्नति टोलका अध्यक्ष यमप्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिक आय ब्यय प्रतिबेदन संस्थाका कोषाध्यक्ष माया पौडेलले प्रस्तुत गरेकी थिईन ।
कार्यक्रम संचालन टोल बिकासका सल्लाहकार ईन्द्र बिलास न्यौपानेले गरेका थिए ।


कार्यक्रममा टोल बिकासको कार्यमा अहोरात्र सहयोग पुर्याउने संस्थाका निवर्तमान अध्यक्ष सुजन बराल, निवर्तमान सचिब राजेन्द्र अधिकारी, निवर्तमान कोषाध्यक्ष शरण अधिकारी तथा टोलका ज्येष्ठ नागरिक मीनकुमारी अर्याल, कृष्णकुमारी अधिकारी एवं शुकदेव अधिकारी लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो ।

नयाँँ कार्यसमिति चयन

टोलका ज्येष्ठ नागरिक दिनानाथ अधिकारीको अध्यक्षतामा अधिवेशन सभाबाट पाँच सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष सन्तोष अधिकारी, उपाध्यक्ष रिता पौडेल, सचिब रामु पौडेल, कोषाध्यक्ष नवराज अधिकारी तथा सह-सचिब सुमित्रा अधिकारी नयाँ कार्य समितिमा चयन भएका हुन् । टोलले ३२ बर्षिय युवा सन्तोष अधिकारी सहितको जुझारु युवा टिम पाएको छ ।
 


Comments