माघ ११, रत्ननगर ।
रत्ननगरमा महिला हिंसा अन्त्य तथा अल्कोहल न्यूनीकरणमा संचारकर्मीहरुले खेल्नुपर्ने भूमिका तथा जनप्रतिनिधिले वहन गर्नुपर्ने उत्तरदायित्व सम्बन्धमा अन्तरक्रिया गरिएको छ । नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आयोजना गरेको कार्यक्रममा विभिन्न टोलका अगुवा महिला, स्थानिय पत्रकारहरु, नेपाल बसोबासका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।बिशेष गरि शिक्षाको कमि तथा गरिवीले घेरेको समाजमा अत्याधिक रुपमा महिला हिंसा तथा मदिरा सेवनको क्रम रहेको साथै मदिराको प्रयोग धर्म संस्कृति संग पनि जोडिएर आउने भएको हुँदा यसलाई पूर्ण रुपमा निस्तेज पार्न नसके पनि त्यसलाई बिस्तारै कम गर्दै लैजान सडक नाटक, मोटिभेसनका कार्यक्रम, पोस्टर निर्माण लगाएतका विभिन्न कार्यक्रम ल्याईने एड्वान की महासचिव बिन्दु परियार थापाले बताएकी छिन । कार्यक्रमका सहभागीहरुले एड्वानले ल्याएको यो कार्यक्रमको प्रशंसा गर्दै आफुहरु एड्वानको हरेक कार्यक्रममा साथ रहने बताएका थिए ।
एड्वानले महिलाको आर्थिक उन्नति, सामाजिक जनचेतना, छात्रवृत्ति कार्यक्रम, बालिका शिक्षा कार्यक्रम, जातीय विभेद विरुद्ध कार्यक्रम लगाएतका कार्यक्रमहरु संचालन गरिरहेको छ । हाल भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आफ्नो कार्यहरु अगाडी बढाईएको र निकट भविष्यमा नै खैरहनी नगरपालिकामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरिने महासचिव बिन्दु परियार थापाले जानकारी दिएकि छिन ।
No comments:
Post a Comment