Monday, April 2, 2018

इडेन एकेडेमीले पूर्वमा शैक्षिक मेला गर्दै

चैत्र १८, धरान । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै पूर्वका विभिन्न स्थानमा शैक्षिक मेला हुने भएको छ । इडेन एकेडेमी धरानको आयोजनामा आउँदो चैत्र २४ गतेदेखि ३० गतेसम्म मेगा एडु फेयर हुने भएको हो ।
मोफसलमा रहेका विद्यार्थीलाई ABROAD STUDY का विविध विषयमा परामर्श दिने उद्देश्यले आयोजना गर्न लागिएको एडु फेयर विराटनगर, इटहरी, विर्तामोड र धरानमा हुने छ ।
इडेन एकेडेमी प्रिजेन्टस रहेको एडु फेयरमा प्लस टु र ब्याचलर उत्तिर्ण गरेका विद्यार्थीलाई अष्ट्रेलिया, जापान, आयरल्याण्ड, इण्डिया जस्ता देशहरुको शैक्षिक जानकारी दिईने आयोजक इडेन एकेडेमीका डाइरेक्टर मोहन तिगेलाले बताए । ‘अहिलेसम्म पूर्वमा सेमिनारहरु मात्र भए, विद्यार्थीहरु ABROAD STUDY को जानकारी लिन भनेर काठमाडौं सम्म जाने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्न यस पटक फेयर गरिरहेका छौं ।’ तिगेलाले भने ।
फेयरमा विद्यार्थीले विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देशहरुका विश्वविद्यालय र कलेजका बारेमा जानकारी हासिल गर्न सक्नेछन् । भने, भिजा प्रकृया, लागत, भाषा प्रशिक्षणका विषयमा समेत विज्ञहरुबाट निःशुल्क परामर्श लिन पाउने ब्यवस्था छ ।
फेयरमा अष्ट्रेलिया, जापान, आयरलेण्ड र इण्डियाका उत्कृष्ट कलेजहरुका प्रतिनिधिबाट शैक्षिक परामर्श लिन पाउने ब्यवस्था गरिएको छ । अस्ट्रेलियाको फेडेरेसन युनिभर्सिटी अफ अस्ट्रेलिया, चार्ल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ सनसाईन कोस्ट, एआइविटी, हार्वर कलेज, आइएचएनए, आरजीआइटी, युनिभर्सिटी अफ साउर्थन क्विन्सलेण्ड लगायत कलेजका प्रतिनिधिहरुको फेयरमा सहभागीता रहनेछ ।
यसै गरी जापानको जेएसएल निप्पोन कलेज, इण्डियाको मोदी विश्वविद्यालय, रुङटा विश्वविद्यालय र श्री विद्यानिकेलन कलेज तथा आयरलेण्डका राम्रा कलेजको समेत सहभागिता रहने बताईएको छ । फेयरमा आइडिपीले क्ष्भ्ीत्क् को बारेमा जानकारी दिने मोहन तिगेलाले जानकारी दिए । बैकिङ परामर्शमा लक्ष्मी बैंकले परामर्श दिने छ ।
फेयर यहि चैत्र २४–२५ गते विराटनगरको नमस्कार होटल, २६ गते इटहरीको मनशान्त पार्टी प्यालेस, २७ र २८ गते विर्तामोडको हनुमान कम्प्लेक्स र २९ र ३० गते धरानको अग्रसेन भवनमा हुनेछ । विद्यार्थीले फेयरमा निःशुल्क अवलोकन गर्न पाउनेछन्।
फेयरमा आएका विद्यार्थीलाई अायाेजकले आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरेको छ । फेयरको सपोर्टेडमा डटलिंक एकेडेमी, एननिओआईएमई विर्तामोड र लिँकन एकेडेमी विराटनगर रहेका छन् ।


रत्ननगरमा चेतनामुलक लोकगित प्रतियोगिता

–रामु आचार्य ,रत्ननगर चितवन

२४ फाल्गुन २०७४

   १०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रत्ननगरमा रहेको अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर १३ , शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि. रत्ननगर १२, चेतनशील आमा समूह रत्ननगर १२ र सामुदायिक सेवा केन्द्र रत्ननगर २ को संयुक्त आयोजनामा, रत्ननगर १३ स्थित पन्चकन्या मा बिको परिसरमा  चेतनामुलक लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।

      रत्ननगर नगरपालिकाको उपमेयर विमलादेवी दुवाडी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा उत्क्रिस्टः गित प्रस्तुत गर्दै शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि.अन्तर्गतको जागृत महिला समूहले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै भूपू सैनिक श्रीमती संघ दोश्रो साथै अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. र चेतनशील आमा समूहले समान अंक प्राप्त गरि तृतीय स्थान हासिल गर्दा चिसापानी महिला समुहले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

   कार्यक्रममा बरिस्ट समाजसेवी रघुनाथ भट्ट , नगर बोर्ड सदस्य निर्मला खड्का, वडा सदस्य संगीता भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि.कि अध्यक्ष पार्वती न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्रका सचिब श्याम प्रसाद बराल ले धन्यबाद मन्तब्य राख्नुभएको थियो । ,चेतनशील आमा समूहको अध्यक्ष निर्मला दंगालले संचालन गर्नुभएको कार्यक्रम अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष लक्ष्मी भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।