BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, March 9, 2022
बैशाख १६ मा सौगात र दियाको 'मन्त्र'
Thursday, March 3, 2022
रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन
रत्ननगर ।
टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ ।
रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चितवनको आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा सामाग्री किनमेल गर्नको लागि व्यवसायिक स्टलहरुमा भीड लाग्ने गरेको छ । घरायसी प्रयोजनको लागि चाहिने सामाग्री खरिदमा मान्छेहरुको भीड लागेको हो ।
वालउद्यान,जीप साइकलिङ,जीपलाइन सफारीमा पनि मान्छेको आर्कषण रहेको छ । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा ४२५ स्ट रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए ।
रत्ननगर महोत्सवमा खुल्ला भलिबल प्रतियोगिता
रत्ननगर १९ फागुन ।
रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १००,दोस्रो हुने टिमलाई ५५ हजार,तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार राशी रहेको खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
-
महिनावारी नहुने वा हराउने अवस्थालाई एमेनोरिया भनिन्छ । एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन् । महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हु...
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
यदि तपाईंलाई केक, कुकिज जस्ता चीजहरू खान मन पर्छ भने सावधान रहनुहोस् । यस प्रकारको खानाले असामयिक मृत्युको जोखिम बढाउन सक्छ । विश्वका आ...