भोलीदेखि चिकेन एण्ड एग फुड फेष्टिबल

रत्ननगर । 

 चितवनको रत्ननगरमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुदैछ ।


 

 रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको हो । आयोजक रत्ननर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्टीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । 

२५ वटा स्टल रहने फुड फेष्टिबलमा २० वटा अण्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराउने फुड फेष्टिबल राजेन्द्र कुमार श्रेष्ठले बताए । कुखुराको मासु र अण्डाको लगवा माछा र बुंगुरको परिकार सहित नेवारी,थारु समुदायका खानाका परिकार समेत उपलब्ध हुने उनले बताए । संघका अध्यक्ष अनिककृष्ण श्रेष्ठले पोल्ट्री र माछाको खपत बढाउने र उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको बताए । फुड फेष्टिबल वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन ।

 पत्रकार सम्मेलनमा संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी,पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष हरिकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो । फेष्टिबलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

Comments