BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, June 9, 2021
नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित
रत्ननगर,जेठ २६-
चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ।
आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा अवस्थित दिव्य ज्ञान विद्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नम्वर १५ का अध्यक्ष हुमनाथ लामीछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापा विशिष्ट अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले महामारीको समयमा राहत वितरण जस्तो मानविय कार्यक्रम हुनु असाध्यै सकारात्मक पक्ष रहेको बताए ।
उनले देशभर विभिन्न क्षेत्रमा थुप्रै दाताहरुले असहाय,दिन दुखी,गरिव र बिपन्न परिवारलाई सहयोग हुँदै आएको बताए। बिपदको समयमा यस किसिमको मानविय कार्यमा सबैलाई खुलेर लाग्न समेत अनुरोध गरेका छन।
कार्यक्रममा राहत सामग्री स्वरुप प्रती परिवार २५ केजि चामल,नुन,प्याज लगायत खाद्यान्न सामग्री सहयोग गरिएको थियो।
उक्त कार्यक्रममा रेडक्रस पिठुवा उपशाखाकि सल्लाहकार रमा बस्नेत,सामाजिक व्यक्ति जयन्द्र कुँवर
वडा सदस्यहरु गिता दाहाल ,शुशिला परियार,रुकमाया परियार, क्रान्तीकारी महिला संगठन,चितवनकी अध्य्क्ष संगिता भट्टराई ,भवन निर्माण समित सदस्य एवं कोषाध्यक्ष नर्मदा अधिकारी लगायत अतिथिको रुपमा रहेका थिए।
कार्यक्रम सामाजिक व्यक्तित्व एव अभियान्ता नशिव कृष्ण बस्नेतको विशेष सहयोगमा संचालन भएको थियो। उनले सामाजिक रुपमा उत्तरदायित्व बहन गर्न सम्पुर्णमा अपिल समेत गरेका छन।
शिक्षक एवं सामाजिक व्यक्तित्व रामहरि भण्डारिले संचालन गर्नुभएको उक्त कार्यक्रम नेपाल रेड्क्रस सोसाईटी पिठुवा उपशाखाको सभापती कमलनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
Subscribe to:
Post Comments (Atom)
-
रत्ननगर, फागुन ४ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा रहेका अपाङ्गता भएकाहरुको भेलाले रोहीत होङ राइको संयोजक रहेको नवजिवन स्व...
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...
No comments:
Post a Comment