Wednesday, June 9, 2021

चितवनमा रक्तदान अभियानमा आजसम्म ७५९ पाउण्ड रगत सङकलन

 

जेठ २६, चितवन

 


नेपाल यतिबेला कोरोना बिरुद्ध जित हासिल गर्न लकडाउनको चपेटामा छ । लकडाउनको अवधी पनि एक महिना लामो भैसकेको छ । लकडाउन पश्चात अत्यावयक बाहेक सम्पूण सेवा ठप्प छ । सरकारी तथ्याङ्क अनुसार पछिल्ला केही दिन संक्रमण केही घटेजस्तो देखिएको छ । दैनिक ८२.८ प्रतिशत संक्रमणमुक्त हुने गरेका छन । महामारीको अवस्थामा रगतको अभावले कुनै पनि विरामीको अकालमै मृत्यु नहोस भन्ने उदेश्यले चितवनमा नेकपा माओवादी केन्द्रको भातृ सङगठन  योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा रक्तदान अभियान चलाएका छन । 


 

 रत्ननगरमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले दिए रगत


 

जेठ २ गते भरतपुर महानगरपालिका वडा नं. २३ बाट सुरु भएको अभियान अन्तर्गत आज रत्ननगरको सौराहा चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १०० जना पुरुष र ५ जना महिला गरी १०५ जनाले रक्तदान गरेका छन ।कार्यक्रममा पाटीका प्रदेश सभा सदस्य कञ्चन खनाल प्रमुख आतिथि र   पाटीका जिल्ला सचिवालय सदस्य रामचन्द्र अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनालले विद्यार्थी रत्ननगरका ईन्चार्ज दयाराम पौडेललाई ब्लड व्याग दिएर कार्यक्रको उद्घाटन गर्नुभएको हो । वाईसियलका जिल्ला अध्यक्ष मधु न्यौपानेको सभापतित्वमा भएको कार्यक्रम अखिलका संयोजक अभिनास रम्तेलले सहजिकरण गर्नुभएको थियो । 


 

यसैविच रक्तदान अभियान अन्तर्गत आजसम्म ७५९ पाउण्ड रगत सङकलन भएको छ । जेठ २ गते भरतपुर २३ मा भएको कार्यक्रममा १०३, जेठ १३ गते भरतपुर १ मा ८२, जेठ १५ गते भरतपुर ११ मा ६१, जेठ १७ गते कालिका नगरपालिकामा ११६ पाउण्ड रगत सङकलन भएको थियो । यसैगरी जेठ २१,२२ र २४  गते क्रमश माडीको बाँदरझुलामा ३३, देवेन्द्रपुरमा ७७ र वरुवामा ९० , जेठ २४ गते राप्तीमा ९२ र  जेठ २६ गते (आज) रत्ननगरमा १०५ पाउण्ड गरी कुल ७५९ पाउण्ड रगत सङकलन भएको हो । अभियान जारी रहने वाईसियल र अखिलले जनाएका छन ।

No comments:

Post a Comment