BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Saturday, December 17, 2016
Monday, October 24, 2016
Saturday, October 22, 2016
Saturday, September 3, 2016
Friday, September 2, 2016
Tuesday, August 30, 2016
Monday, August 29, 2016
Tuesday, August 16, 2016
Tuesday, August 9, 2016
Thursday, August 4, 2016
Monday, August 1, 2016
आज श्रावण १८ गते मंगलबार बाट लप्पन छप्पन सुरु ।
श्रावण १८,
एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ् प्रा. लि. को ब्यानरमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन आज बेलुका ८ बजेबाट चितवनको जनप्रीय टेलिभिजन आभाष टेलिभिजनमा प्रशारण हुनेभएको छ । सञ्चारकर्मी तथा कलाकार रामु आचार्यको कथा तथा निर्देशनमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन पुर्णरुममा सामाजिक बिकृती, बिसङ्गतीमा केन्द्रित रहने निर्माण युनिटले जनाएको छ ।
टेलिश्रृङ्खलाको पाचौं भागसम्म सुटिङ सम्पन्न भईसकेको र लगातार यसको काम अगाडि बढ्ने निर्माता मध्यका एक सञ्चारकर्मी महेश पाण्डेले जानकारी दिए । रत्ननगरका बिभिन्न रमणीय ठांउमा सुटिङ भईरहेको जानकारी दिदै अर्का निर्माता तथा सञ्चारकर्मी ध्रुवराज लामीछानेले स्थानीय श्रोत र शाधनको प्रयोगबाट टेलिफील्म बनाउन गाह्रो भएपनि यसलाई अगाडी बढाउन पाएकोमा खुशी ब्यक्त गरे ।
निदेंशक आचार्यका अनुशार मानिसलाई हसांउने काम निकै गाह्रो भएतापनि आफुले कथा र निर्देशकीय पक्षमा निकै ध्यान दिएको बताउदै टेलिफील्म हेरिन्जेल दर्शक पेट मिचीमिची हास्ने बताए ।
लप्पन छप्पनमा कलाकारको रुपमा रामु आचार्य, ध्रुव बहादुर कार्की, महेश पाण्डे, सुर्य प्रसाद ढुंगाना, शालिकराम पराजुली, टिकाराम लामिछाने, राजन दिल गुरुङ्, हेमराज आचार्य, बिपिन शर्मा आचार्य, ध्रुवराज लामिछाने, सुजता लामिछाने, बेवो आचार्य, रक्षा बस्नेत, ईमान बस्नेत, बिश्णु पौडेल, गोबिन्द अधिकारी, माधव डल्लाकोटी, दामोदर पौडेल, हरी नेपाली लगायतका रहेका छन् । त्यस्तै बेलुकानै टेलिफिल्म टेलिभिजनमा प्रशारण भए पश्चात युट्युबमा पनि सार्वजनिक गरिने भएको छ । लप्पन छप्पन युनिटलाई हाम्रो तर्फबाट पनि सफलताको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
Sunday, July 31, 2016
Thursday, June 30, 2016
थारु महिलाको क्षमता अभिब्रिदी सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम
आषाढ १६ गते
रत्ननगर, चितवन
बिपिन शर्मा आचार्य
आदिबासी महिला समुह रत्ननगर द्वारा आयोजित थारु महिलाको क्षमता अभीब्रिदी सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम रत्ननगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाले आदिबासी महिला समुह सँग भएको सम्झौता अनुसार नगर स्तरिय आर्थिक बजेट २०७२-७३ बाट सहयोग गरेको छ । एक दिने अनुशिक्षण कार्यक्रममा नगरपालिका भित्रका १९ वटा वडामा रहेका बिभिन्न संघ सस्थामा अगुवाइ गरिरहेका ३० महिलाहरुलाई लक्ष्यित अनुशिक्षणमा सहभागी गराइएको थियो । आदिबासी महिला समुहकी अध्यक्ष लक्ष्मी चौधरीको सम्योजकत्वमा सम्पन्न यस कार्यक्रममा कार्यक्रमको महत्वका बारेमा प्रमुख अथिती रत्ननगर नगरपालिका प्रमुख काशीराम गैरेले बोल्नुभएको थियो । रत्ननगर नगरपालिकाका लेखा शाखा प्रमुख सिताराम पोख्रेल, सामुदायिक बिकास प्रमुख तेजेन्द्र लामिछाने तथा रत्ननगर टोल बिकास समन्वय समिती अध्यक्ष बाबुराम गौतम बिशिष्ट अथिती रहेको उक्त कार्यक्रममा थारु कल्याणकारीणी सभा क्षेत्र नं ८ का अध्यक्ष रामेश्वर महतो तथा रत्ननगर नगरपालिकाका सुचना शाखा प्रमुख लीला अर्यालको आथित्यता रहेको थियो ।
Monday, June 27, 2016
Saturday, June 11, 2016
Wednesday, May 11, 2016
Saturday, May 7, 2016
Friday, May 6, 2016
जनवादी गायक जीवन शर्माको जीवन
‘संघर्ष’ युद्धमैदानमा मात्र होइन, जीवनमा पाइलैपिच्छे गाँसिएर आउने काडाँदार खराउ रहेछ । जनवादी गायक जीवन शर्माको जीवन हेर्दा यस्तै लाग्छ । उनको जीवनमा संघर्षका कठिनमय मोड आइलागेका होइनन्, आफैले रोजेका हुन् । सर्वहारा वर्गको गीत गाएर हिँडेका उनी आफै सर्वहारा जीवन बाँचिरहेका छन् । लाखौ मान्छेको सपनाको शहर काठमाडौमा उनी भने आम मान्छेका साझा सपनाको धुन सोच्दै सडक र फुटपाथमा फित्ते चप्पल पड्काउँदै हिडिरहेका भेटिन्छन् । जीन्दगी अभावमा चले पनि ओठमा हाँसो छुटेको छैन ।
धन कमाउन चाहेको भए उनले धेरै कमाउने सम्भावना पनि थियो । छँदा खाँदाको स्कूले हेडमास्टरको जागिर छाडेर गायनतिर लाग्दा उनी समाजका नजरमा मति बिग्रेको मान्छे बने । थप धन कमाए पनि बाबुकै सम्पत्ति सम्हालेर बस्दा पनि काइदाको जीन्दगी चल्थ्यो । बाबु उतिबेला पंचायती व्यवस्थामा बाग्लुङमा प्रधानपञ्च र जिम्मावाल थिए । छोराको आँखामा आफ्नै बाबुजस्ता मान्छेहरुबाट हेपिएका, दविएका र ठगिएका समाजका निमुखा मान्छेका आँशुले पोलिरहेको थियो । आज रक्तिम परिवारको टोली सहित जोशिएर गाउँदा ती आँशुको भार केही हदसम्म कम हुँदै गएको आत्मसन्तोष संगालेका छन् जीवनले ।
२०३२ सालदेखि गीत गाउन शुरु गरेका जीवनले २०४१ सालदेखि भूमिगत भएर गाउन थाले । पिंढी, मझेरी, आँगनी र वस्तीहरुमा गाउँदै हिडेका गीतहरु प्रजातन्त्र पुनवर्हाली पछि २०४७ सालमा रेकर्ड गरेर ल्याउँदा देशव्यापी रुपमा लोकप्रिय भए । साढे तीन दशक लामो गायन यात्रा पार गरेर आएपछि आफ्नो उपलब्धिको खाता केलाउँदा के खेल्दो हो, एउटा कलाकारको मनमा? यो कुरामा उनले कहिल्यै हेक्का राखेनन् । त्यही भएर परिवारबाट गुनासो र दुःखेसो धेरै सुनेका छन् र त्यो रोकिने छाँट पनि छैन आजीवन । आर्थिक अभावले गरिव–दुःखीका गीत सिर्जना गर्न झन् उर्जा दिने गरेको छ, उनलाई ।
सिमली छायाँमा बसी भरीया लामो सास फेरेको
उमेर भइसक्यो असी झन् ठूला दुःखले घेरेको
अहिलेसम्म ४४ वटा गीति एल्बम निकालिसकेका छन् । चार सय भन्दा बढि गति रेकर्ड भइसके । तीमध्ये एक सय भन्दा बढी गीतमा लेखन र संगीत उनकै छ । पछिल्लो समयमा नयाँ सिर्जना आउन सकेको छैन । कारण आर्थिक अभाव । हितैषी र शुभेच्छुकहरुले सहयोग गर्ने गरे पनि अहिले त जनता आफै अप्ठेरो स्थितिमा रहेका बेला कति मागिरहुन भनेर मर्मबोध गर्छन । अहिलेसम्म जिविकाको मेलो देश विदेशमा विभिन्न महोत्सवमा गर्ने सांगीतिक प्रस्तुतिनै हो । त्यस्ता सांगीतिक प्रस्तुतिमा सहभागी हुन जाँदा उनी विक्रीका लागि झोलाभरि गीतका सिडी बोक्छन् । जनताको लागि चेतनामूलक गीत गाउँदै हिड्ने कलाकारले कलाक्षेत्रमा लागेबापत अहिलेसम्म शर्माले केही पाएका छैनन् दर्शक श्रोताको माया बाहेक ।
तीन छोरा र एक छोरीका पिता, पति र पुत्रको परिचय गायक जीवनको सानो संसार हो । आमा र पत्नीको नारी संवेदनाले उनलाई भिजाइरहेको हुन्छ । तर गायक शर्माको लागि शहरको दुई कोठा र परिवार पर्तिर पो छ गुजुल्टो परेको विश्व । उनी डेराको बासबाट निस्किएर त्यही गुजुल्टो फुकाउन वर्षौदेखि लागिपरेका छन्, संगीतलाई माध्यम बनाएर ।
Source : http://ramaailo.com/artists/jivan-sharma

Sunday, April 10, 2016
चेपाङ महिलालाई स्वास्थ्य सेवाबारे प्रशिक्षण
होमनाथ सापकोटा,
रत्ननगर २७ चैत,
चितवनका ६ वटा पहाडी गाविसमा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवा तथा सुविधाका वारेमा प्रशिक्षण दिईएको छ । डेक नेपाल सौराहाले सञ्चालन गरेको चेपाङ महिला शशक्तिकरण परियोजना अन्र्तगत काउले,चण्डिभन्ञ्याङ,शक्तिखोर,
सिद्धि,कोराक र लोथरका चेपाङ महिलाहरुलाई
प्रशिक्षण दिईएको हो । प्रत्येक गाविसमा ४५ जना गरी २७० जना चेपाङ महिला र
पुरुषहरुको सहभागिता रहेको परियोजनाका संयोनक जनक कार्कीले जानकारी दिए ।
कार्यक्रममा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाले प्रदान गर्ने
प्रजनन् स्वास्थ्य,मातृत्व,वाल स्वास्थ्य,परिवार नियोजनका वारेमा जानकारी
गराईएको थियो । साथै उनीहरुलाई कृषि अन्र्तगत मौसमी तरकारी खेतीको बरेमा
तालिम दिएर ७५० घरधुरीलाई विभिन्न ६ जातका लहरे तरकारी खेतीको बीउ वितरण
गरिएको परियोजनाका संयोजक कार्कीले बताए । कार्यक्रममा स्वास्थ्य संस्थाले
प्रदान गर्ने सेवा सुविधाका वारेमा सम्बन्धित गाविसका स्वास्थ्य चौकी
प्रमुखहरुले तथा परियोजनाका संयोजक कार्कीले महिला नेतृत्व,समाजिक
जवाफदेहीता र समावेशीकरण वारे सहजीकरण गरेका थिए । त्यसैगरी शनिवार लोगर
गाविसको यौरेलीटारमा चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुलाई कृषि,स्वास्थ्य
तथा सामाजिक जवाफदेहीताको वारेमा प्रशिक्षण दिईएको छ । कार्यक्रममा पैरवी
मञ्चले अहिले सम्म गरेका विभिन्न कामको वारेमा छलफल समेत गरिएको थियो ।
छलफलका क्रममा अगुवा चेपाङ महिलाहरुले गाविसमा
स्वास्थ्य,सरसफाई,आयआर्जन,सामा जिक परिचालन,योजना निर्माण प्रक्रियामा
सहभागिता जनाउन महिलाहरु सक्षम हुदै गएको बताएका थिए । ६ वटा गाविस सो
परियोजना लागु भएपछि चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुले स्थानीय सरकारी
निकायहरुसंग विकासका योजनाहरु माग गर्ने गरेका परियोजनाका संयोजक कार्कीले
बताए ।
रत्ननगर २७ चैत,
चितवनका ६ वटा पहाडी गाविसमा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवा तथा सुविधाका वारेमा प्रशिक्षण दिईएको छ । डेक नेपाल सौराहाले सञ्चालन गरेको चेपाङ महिला शशक्तिकरण परियोजना अन्र्तगत काउले,चण्डिभन्ञ्याङ,शक्तिखोर,
Thursday, April 7, 2016
तरकारी खेति मार्फत चेपाङ्ग महिलाहरुको सशक्तिकरण
रामु आचार्य सिद्धि, चितवन
२४ चैत्र २०७२
डेक नेपाल सौराहा द्वारा आयोजित चेपाङ्ग महिला पैरवी मंच संजाल बैठकको चौथो दिन आज चितवनको पहाडी गाबिस सिद्धिमा तरकारी खेति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम मार्फत मौसमी र बेमौसमी तरकारीको जानकारी ,खेति गर्ने पद्दति लगाएतका बिषयमा कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिबराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ! कार्यक्रममा चेपाङ्ग महिला पैरवी मंचमा आबद्द ५० जना चेपाङ्ग महिलाहरुको सहभागिता रहेको थियो ! सहभागी चेपाङ्ग महिलाहरुलाई रु.१५००० बराबरको लहरे तरकारीको बिउ वितरण गरिएको छ !
कार्यक्रममा सहजीकरण गर्दै कार्यक्रम संयोजक जनक कार्कीले महिला सशक्तिकरण, नेतृत्व बिकाश, योजना निर्माण लगायतका बिषयमा जानकारी प्रदान गर्नुहुदै महिलाहरु घरायसी काममा मात्र सिमित नभई सिप सिक्दै आय आर्जनको पथमा अगाडी बढ्न आग्रह गर्नुभयो !
त्यस्तै संजाल बैठकलाइ सहजीकरण गर्दै सिद्धि स्वास्थ्य चौकीकि अ.न.मि. प्रभा पाण्डेले स्वास्थ्य सचेतनाको बिषयमा संयमित हुन चेपाङ्ग महिला हरुलाई आग्रह गर्नुभएको थियो !
चितवनका ६ वटा पहाडी गाविसमा आयोजना हुने संजाल बैठकको पाचौ कार्यक्रम कोराकमा र छैठौ कार्यक्रम लोथरमा आयोजना हुने कार्यक्रम संयोजक कार्कीले जानकारी दिनुभएको छ !
Monday, April 4, 2016
Thursday, March 31, 2016
Saturday, March 12, 2016
Saturday, March 5, 2016
Wednesday, February 17, 2016
Thursday, February 4, 2016
सम्बन्धको पर्खाल भाग - २ सार्वजनिक
२०७२ माघ २१ गते
सम्बन्धको पर्खाल भाग —२ सार्वजनिक
उद्यमीलाई समेट्दै ९ वटा गीतको संग्रहको सम्बन्धको पर्खाल एल्बमको अडियो जुक बक्स सार्वजनिक गरेको एक बर्ष पुग्न नपाउदै रत्ननगर ०८ चितवनका चक्रपाणि तिमल्सिनाले आफ्नै एकल संगितमा संगीतीक कोसेली सम्बन्धको पर्खाल भाग —२ को अडियो जुक बक्स सार्वजनिक गरेका छन् । उनको संगीतमा कर्म ग्लाल्छेन बम्जनले हिमाल हाम्रो गौरव हो, सत्यराज आचार्यले धेरै चोटि आफैसँग , स्वरुपराज आचार्यले हेर्दा हेर्दै, निखिता थापाले भन्दिन तिमीलाई म गीत गाएका छन् । उक्त गीति संगालोमा उनी आफैले गाएका सुनसान बस्ति भित्र, म उद्यमी र जनजनमा जागरण बोलका गीत पनि समावेश गरेका छन् ।
बिश्वरमण न्यौपाने, महेशबाबु तिमल्सिना , रमेश धिताल र उनी आफैको रचना रहेका ७ वटा गित उक्त अडियो जुक बक्समा समावेश रहेको चक्रपाणि तिमल्सिनाले बताए । संगीत पेशा होइन तर आफुले श्रृजना गरेका संगीतलाई जीबन्त राख्न गीति संग्रह बाहिर ल्याएको उनी बताउछन् । “म उद्यमी गरि खान जान्दछु , म उद्यमी गरीखान सिकाउछु” र “जनजनमा जागरण ल्याउ हामी सबैले” गितले देश विकासमा उद्यमीको बिशेषता र आफ्नै देशमा केही गरौं भन्ने सन्देश बोकेका उनी बताउछन् । राष्ट्रिय , आधुनिक, लोक पप, पप , उद्यमी र जागरणका सन्देश दिने खालका गितहरु एल्बममा समेटिएको उनी बताउछन् ।
Sunday, January 31, 2016
रत्ननगर महोत्सव : वातावरण संरक्षणमाथि गम्भीर प्रहार
रत्ननगर महोत्सव : वातावरण संरक्षणमाथि गम्भीर प्रहार
ध्रुव अधिकारी
रत्ननगर महोत्सव–२०७२ को छापमा लोपोन्मुख एकसिंगे गैँडाको तस्बिर राखिएको छ । संरक्षणको हिसाबले हेर्ने हो भने उक्त गैँडाको आकृतिलाई दुई वर्षमा एकपटक हुने ठूलो उत्सवको प्रमुख चिन्हमा स्थान दिनु स्वागतयोग्य कुरा हो । तर, चिन्हमा स्थान दिइनुको साथै रत्ननगर महोत्सवले उक्त चिन्हमा भएको जनावर र अरु जंगली जनावरहरुलाई कस्तो किसिमको असर पार्दछ भन्ने व्यहोराको आँकलन गर्न सकेको भएमात्र रत्ननगर महोत्सव अझ बढी सफल उत्सव बन्न सक्थ्यो होला

रत्ननगर महोत्सव विसं २०५७
देखि सुरू हुँदै आएको हो । रत्ननगर चेम्बर अफ कमर्स र रत्ननगर नगरपालिकाको
संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । टिकौली जंगलको चौरमा
सञ्चालन गर्नुपूर्व यो महोत्सव रत्ननगर टाँडीस्थित नेपाल माध्यमिक
विद्यालयको चौरमा सञ्चालन गरिने गरिन्थ्यो र ठाउँ अभाव र अनुकूलतालाई आधार
बनाई विसं २०६६ देखि यस कार्यक्रम टिकौली जंगलको चौरमा सञ्चालन गर्न थालिएको
हो । प्रत्येक दुई वर्षमा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवमा करोडौँको
कारोबार हुने र तीन लाखभन्दा धेरै व्यक्तिहरुले अवलोकन गर्ने गरेका छन् ।
आर्थिक कारोबारको हिसाबले र मनोरञ्जनको हिसाबले हेर्दा त यो उत्सवभन्दा
महाउत्सव अरु हुन नै सक्दैन । तर, संरक्षणजस्तो मह¤वपूर्ण
पाटोबाट हेर्दा सो महोत्सव स्थल अत्यन्त
अनुपयुक्त देखिन्छ । बरन्डाभार
करिडरजस्तो राष्ट्रिय मह¤वको वन क्षेत्रको
नजिकमा ठूलाठूला महोत्सव आयोजना
गर्नुपूर्व समितिले उचित परामर्श लिन
नसक्नु र लगातार सो क्षेत्रमा महोत्सव
गर्ने निर्णयमा पुग्नु दुर्भाग्यपूर्ण
हो ।
जम्मा ८७.९
वर्र्गिकलोमिटरमा फैलिएको बरन्डाभार वन क्षेत्रलाई महेन्द्र राजमार्गले बीचमा
चिरेर दुई भागमा विभाजन गरेको छ । यसअन्तर्गत दक्षिणी भाग ५६.९ वर्गकिलोमिटर
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्दछ भने बाँकी उत्तरी भाग
३१ वर्गकिलोमिटर जिल्ला वन कार्यालयअन्तर्गतको राष्ट्रिय वनमा पर्दछ
। यसभित्र रामसार क्षेत्रमा सूचीकृत नेपालको दोस्रो ठूलो प्राकृतिक
सिमसार क्षेत्रभित्रको बिसहजारी तालजस्ता मह¤वपूर्ण
सम्पदाहरु पनि रहेका छन् । सन् १९५० पछि
सरकारको राप्तीदून कार्यक्रमअन्तर्गत बासस्थानका निम्ति निकै जंगल क्षेत्र फँडानी
भएको र अब बरन्डाभार करिडरमात्रै बाँकी रहेको एउटा त्यस्तो प्राकृतिक वन
क्षेत्र हो, जसले चुरे (शिवालिक) पहाड र महाभारत पहाडलाई जोड्दछ । यो एउटा
त्यस्तो वन क्षेत्र हो, जहाँबाट जंगली जनावरहरु उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तरतिर स्वतःस्फूर्त यात्रा गर्न सक्दछन् । वर्षा याममा लोपोन्मुख
गैँडा र बाघजस्ता जनावरहरुले उचित संरक्षणका लागि उच्च भेगमा जानका
निम्ति यस्तै वन क्षेत्रको बाटो प्रयोग गर्दछन् । जंगलले भरिएको यस वन
क्षेत्रमा बाघ र गैँडासमेत गरि २२ प्रकारका स्तनधारी र लोपोन्मुख हर्निबल र one
स्टर्कजस्ता चराहरु समेत गरी २८०
प्रजातिका चराहरुको बासस्थान रहेको छ ।
तसर्थ,
यस वन क्षेत्र राष्ट्रकै एउटा संवेदनशील
र मह¤वपूर्ण वन क्षेत्र
रहेको छ ।
तर पनि यता महेन्द्र
राजमार्गले दुई चिरा पारेको, सोमाथि केही वर्षयता
पदमपुरबाट भरतपुर निस्कन बनाइएको बाटोले
अर्को चिरा पारेको र अब महोत्सवजस्ता क्रियाकलापहरुले यस संवेदनशील वन क्षेत्रलाई धेरै
नै असर पु¥याउन सक्ने सम्भावना रहन्छ । अझ यस टिकौली चौरलाई जसरी पनि
क्षेत्रीय रंगशाला बनाई छाड्ने भाषणहरु पनि नसुनिएको होइन । यद्यपि, वन मन्त्रालयले उक्त रंगशालाको योजनालाई मान्यता नदिएको कारण टिकौलीमा रंगशाला
बनाउने योजनाको तुषारपात भएको थियो ।
रत्ननगर महोत्सवका चुनौतीहरु ः
संवेदनशील वन क्षेत्रको एकदम नजिकमा करिब दस दिनसम्म रत्ननगर महोत्सव सञ्चालन हुने गर्दछ । उक्त महोत्सवमा ठूलाठूला स्पिकरहरु प्रयोग गरिन्छ, जसको आवाज धेरै किलोमिटर परसम्म पनि सुन्न सकिन्छ । त्यसैगरी, भारतीयहरुले सञ्चालन गर्ने ‘मौतका कुवा’ अर्थात् जोखिमपूर्ण मोटरसाइकल चलाउने कार्यक्रम, घुम्ने पिङ इत्यादिमा ज्यादै ठूलो मात्रामा ध्वनि प्रदूषण हुने गर्दछन् । त्यसैगरी, आयोजकले बेलाबेलामा हेलिकप्टरमा चढाएर चितवनका उत्तरी भूभागअन्तर्गत रहेका सिराइचुली, उपरदाङगढी र देवघाट दर्शन गराउनेजस्ता राम्रा कार्यक्रमहरु गर्न खोजेता पनि जंगल क्षेत्रको निकै नजिक भएर हेलिकप्टर उडाउनु पर्दा यसले जंगली क्षेत्रमा नराम्रो असर पर्न सक्दछ । त्यसैगरी, महोत्सव अवधिभरि दिनहुँजस्तो राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुतिमा निकै चर्काचर्का आवाजहरु धेरै टाढाटाढासम्म पनि पुग्ने गर्दछन् । ध्वनि प्रदूषणले जंगली जनावरहरुलाई प्रत्यक्ष असर पु¥याउन सक्दछ भन्ने प्रशस्त आधारहरु रहेका छन् र सोबारेमा सोध एवं अध्ययनहरु पनि भएका छन् । ध्वनि प्रदूषण र मानव क्रियाकलापले जंगली जनावरहरु बासस्थान परिवर्तन गर्न बाध्य हुने र त्यसले जनावरको प्रजनन्मा प्रत्यक्ष असर पर्न सक्ने सम्भावना रहेको हुन्छ । हुन त, हाम्रो देशमा कतिसम्मको ध्वनि जंगली क्षेत्रवरपर गर्न पाइने र कति नपाइने भन्ने कुरा ऐनमा स्पष्ट उल्लेख नभएकाले भविष्यमा पनि यस्ता समस्याहरुको कानुनी समाधान खोज्न भने गाह्रो रहेको छ । तर, अरु विकसित देशहरुमा भने यस्ता कानुन नभएका भने होइनन् । त्यसैगरी महोत्सवको समयमा अव्यवस्थित शौचालयले नजिकै खोला र पर्यावरणमा पार्न सक्ने असरको पनि आँकलन गर्न जरूरी छ ।
अन्त्यमा,
महोत्सव आफैँमा खराब कुरा अवश्य होइन । त्यसो त, रत्ननगर महोत्सवले स्थापनादेखि नै कहिले मह, कहिले कुखुरा, कहिले केरा, कहिले माछा व्यवसायजस्ता मह¤वपूर्ण व्यवसायहरुलाई प्रवद्र्धन गर्दा किसानहरुले प्रत्यक्ष रुपमा लाभान्वित भएका होलान् । तर पनि यस्ता महोत्सवहरुले महोत्सव स्थल चुन्न पर्दा अलि ध्यान पु¥याउन भने आवश्यक रहेको छ । आर्थिक पाटोसँगसँगै महोत्सवले पु¥याउन सक्ने वातावरणीय, सामाजिक असरहरुको पनि उचित मूल्यांकन गर्न आवश्यक देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा रत्ननगरजस्तो पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको स्थानमा रत्ननगर महोत्सवले आफ्नो छापमा गैँडाको तस्बिरलाई राखे पनि संरक्षणको मूल मर्मलाई अंगीकार गर्न भने सकेको छैन । नजिकका मध्यवर्ती तथा सामुदायिक वनहरुले बर्र्सेिन लाखौँ रूपैयाँ संरक्षणका लागि खर्च गरिरहेको क्षेत्रवरपर महोत्सवले जानेर वा नजानेर संरक्षणविरोधी कार्यहरु गर्दा संरक्षणको मूल भावमाथि आघात पुग्न सक्दछ र भविष्यमा पर्यापर्यटनमाथि उल्लेखनीय असर पुग्न सक्दछ । तसर्थ, रत्ननगर चेम्बर अफ कमर्स र रत्ननगर नगरपालिकाजस्ता जिम्मेवार निकायहरुले आगामी दिनहरुमा रत्ननगर महोत्सवका निम्ति वैकल्पिक स्थानको खोजी गर्न जरूरी देखिन्छ ।

Saturday, January 23, 2016
Friday, January 22, 2016
कंग्रेसको रत्ननगर १ मा आज वडा भेला सम्पन्न
चितवन, ८ माघ
नेपाली काग्रेसको १३ औ महाधिबेसन नजिकिएसंगै नेपाली कंग्रेस रत्ननगर वडा समितिले आज रत्ननगरमा वडा भेला सम्पन्न गरेको छ ।
वडा
संयोजक हरिलाल सुबेदिको संयोजकत्वमा सम्पन्न सो वडा भेलामा क्षेत्रिय
प्रतिनिधि,महिला प्रतिनिधि र वडा संयोजकमा उमेदबारी दर्ता गराएका हुन ।
क्षेत्रिय
प्रतिनिधिमा युवराज आचार्य,सालिकराम सापकोटा,त्रिलोचन रिजाल,कुल प्रसाद
सापकोटा ,सुरेस चौधरी ,जगन्नाथ अधिकारी, धनेन्द्र पौडेल,शिव न्योपाने,
शंकरसिंह तामाङ, नेमराज पौडेलले उम्मेदवारी दिएका छन ।
यस्तै
महिला प्रतिनिधिमा लक्ष्मी गौली सापकोटा र भारती चौधरीले उम्मेदवारी पेश
गराएका हुन । वडा संयोजकमा हरिलाल सुवेदी र बाबुराम गौतमले उम्मेदवारी पेश
गर्नुभएको छ।
रत्ननगरको १३ औं नगर अधिवेशनमा गौतमले उम्मेदवारी दिने
नेपाली काग्रेस रत्ननगर नगर समितिको १३ औं नगर
अधिवेशनमा काँग्रेस नेता गोविन्द गौतमले नगर सभापतिमा उम्मेदवारी दिने
घोषणा गरेका छन । रत्ननगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी गौतमले माघ १५
गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । १२
औं अधिवेशनमा १८ मत अन्तरले पराजित भएका गौतमले अहिले आफनो जित सुनिश्चित
रहेको दावी गरेका छन । दुई हप्ता देखि चुनावी एजेण्डा लिएर कार्यकर्ताको
घरदैलोमा पुगेका गौतमले घरदैलोका क्रममा कार्यकर्ताहरुले आफुलाई जिताउने
बचन दिएको बताए । नेपाली काँग्रेसलाई आधुनीक पार्टीमा रुपान्तरण गर्न
कार्यकर्ताहरुले जझारु नेताको खोजि गरिरहेको भन्दै गौतमले कार्यकर्ताले
आवश्यकता महसुस गरिरहेको व्यक्ति आफु रहेको दावी गरे । २२ बर्ष देखि
पार्टीमा क्रियाशिल रहेको,कार्यकर्ताको भावना अनुसार काम
गरेको,कार्यकर्ताको सशक्तिकरणको लागि खेलेको भूमिकालाई उनले चुनाव जित्ने
आधार बनाएका छन । कार्यकर्ताले नगर सभापतिको जिम्मेवारी दिए पार्टीको भवन
बनाउने,पुराना कार्यकर्ताको अभिलेख राख्ने,विकास निर्माणमा जनताको सहयत्री
बन्ने,पार्टीलाई समावेशीको सिद्धान्त अनुसार चलाउन सबै जातजातीलाई समान
भूमिका दिएर अगाडि बढने आयोजा बनाएका छन । उनी यही एजेण्डा लिएर
कार्यकर्ताको घरदेलोमा पुगेका छन । नगर सभापति पदको लागि गौतम सहित
महेशप्रसाद रौनियार,रुपनराज घिमिरे,भरत खनाल र सम्मर बहादुर मल्लको नाम
चर्चामा रहेको छ ।
Wednesday, January 13, 2016
Monday, January 11, 2016
Saturday, January 9, 2016
Wednesday, January 6, 2016
छोटो चलचित्र कटेज युट्युब मार्फत सार्बजनिक
बिप्स मिडियाको निर्माणमा तयार भएको छोटो चलचित्र कटेज युट्युब मार्फत सार्बजनिक गरिएको छ । बिपिन शर्मा आचार्यको लगानिमा निर्माण भएको यो चलचित्र रेहान मियाले निर्देशन गरेका हुन् । बिप्स मिडियाको ब्यानरमा निर्मित यो दोश्रो चलचित्र हो । यस भन्दा अगाडि यो ब्यानरले प्लेब्वाई नामक छोटो चलचित्र निर्माण गरिसकेको छ । क्षणिक मस्ति र असुरक्षित यौन ब्यबहारले घरायसी माहौलमा पार्ने असर देखाउन खोजिएको सामाजिक सन्देशमुलक यो चलचित्रको रेहान मियाले लेखेका हुन् भने सम्पादन भेटि लफडाका निर्देशक किशोर चौधरीले गरेका हुन् ।
चलचित्रमा रामु आचार्य, समिक्षा अधिकारी, बिपिन शर्मा आचार्य, निरज कोइराला, मिना शिलवाल, अरुणा गौतमको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा सम्बाद रामु आचार्यले तयार पारेका हुन् भने चलचित्रको छायांकन तथा ग्राफिक्स मनोज कुमार चौधरीले गरेका हुन् । बिप्स मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यो चलचित्र कत्तिको खरो उत्रने हो यो भने भबिष्यले नै निर्धारण गर्नेछ ।
News Link:
http://www.dcnepalonline.com/video/video.php?nid=42181
Subscribe to:
Posts (Atom)
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा ...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...