Thursday, June 30, 2016

थारु महिलाको क्षमता अभिब्रिदी सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम

आषाढ १६ गते रत्ननगर, चितवन बिपिन शर्मा आचार्य आदिबासी महिला समुह रत्ननगर द्वारा आयोजित थारु महिलाको क्षमता अभीब्रिदी सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम रत्ननगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाले आदिबासी महिला समुह सँग भएको सम्झौता अनुसार नगर स्तरिय आर्थिक बजेट २०७२-७३ बाट सहयोग गरेको छ । एक दिने अनुशिक्षण कार्यक्रममा नगरपालिका भित्रका १९ वटा वडामा रहेका बिभिन्न संघ सस्थामा अगुवाइ गरिरहेका ३० महिलाहरुलाई लक्ष्यित अनुशिक्षणमा सहभागी गराइएको थियो । आदिबासी महिला समुहकी अध्यक्ष लक्ष्मी चौधरीको सम्योजकत्वमा सम्पन्न यस कार्यक्रममा कार्यक्रमको महत्वका बारेमा प्रमुख अथिती रत्ननगर नगरपालिका प्रमुख काशीराम गैरेले बोल्नुभएको थियो । रत्ननगर नगरपालिकाका लेखा शाखा प्रमुख सिताराम पोख्रेल, सामुदायिक बिकास प्रमुख तेजेन्द्र लामिछाने तथा रत्ननगर टोल बिकास समन्वय समिती अध्यक्ष बाबुराम गौतम बिशिष्ट अथिती रहेको उक्त कार्यक्रममा थारु कल्याणकारीणी सभा क्षेत्र नं ८ का अध्यक्ष रामेश्वर महतो तथा रत्ननगर नगरपालिकाका सुचना शाखा प्रमुख लीला अर्यालको आथित्यता रहेको थियो ।

No comments:

Post a Comment