Thursday, April 7, 2016

तरकारी खेति मार्फत चेपाङ्ग महिलाहरुको सशक्तिकरण

रामु आचार्य सिद्धि, चितवन २४ चैत्र २०७२ डेक नेपाल सौराहा द्वारा आयोजित चेपाङ्ग महिला पैरवी मंच संजाल बैठकको चौथो दिन आज चितवनको पहाडी गाबिस सिद्धिमा तरकारी खेति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम मार्फत मौसमी र बेमौसमी तरकारीको जानकारी ,खेति गर्ने पद्दति लगाएतका बिषयमा कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिबराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ! कार्यक्रममा चेपाङ्ग महिला पैरवी मंचमा आबद्द ५० जना चेपाङ्ग महिलाहरुको सहभागिता रहेको थियो ! सहभागी चेपाङ्ग महिलाहरुलाई रु.१५००० बराबरको लहरे तरकारीको बिउ वितरण गरिएको छ ! कार्यक्रममा सहजीकरण गर्दै कार्यक्रम संयोजक जनक कार्कीले महिला सशक्तिकरण, नेतृत्व बिकाश, योजना निर्माण लगायतका बिषयमा जानकारी प्रदान गर्नुहुदै महिलाहरु घरायसी काममा मात्र सिमित नभई सिप सिक्दै आय आर्जनको पथमा अगाडी बढ्न आग्रह गर्नुभयो ! त्यस्तै संजाल बैठकलाइ सहजीकरण गर्दै सिद्धि स्वास्थ्य चौकीकि अ.न.मि. प्रभा पाण्डेले स्वास्थ्य सचेतनाको बिषयमा संयमित हुन चेपाङ्ग महिला हरुलाई आग्रह गर्नुभएको थियो ! चितवनका ६ वटा पहाडी गाविसमा आयोजना हुने संजाल बैठकको पाचौ कार्यक्रम कोराकमा र छैठौ कार्यक्रम लोथरमा आयोजना हुने कार्यक्रम संयोजक कार्कीले जानकारी दिनुभएको छ !

No comments:

Post a Comment