BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Saturday, October 9, 2021
चितवनको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डा
चितवन २२ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा सम्भवत नेपालमै
अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ ले
सौराहामा पर्यटक आर्कषित गर्न निक७३घढसञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा
राखेको हो ।
३५ फिट उचाई भएको सो झण्डा श७३घढसक्रवार मेयर नारायण
वनले झण्डाउत्तोलन गरेका छन् । सो अबसरमा उनले कोरोनापछि गतिलिन
थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डा पर्यटक आर्कषित गर्ने
बताए । हामीले निक७३घढसञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने
पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउन७३घढस नेपालको सान
झल्कने छ । कार्यक्रममा प्रम७३घढसख प्रशासकीय अधिकृत शिशिर पौडेलले
सौराहामा राखिएको नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा
एकताको सन्देश प्रबाह गर्ने बताए । वडाध्यक्ष बलराम दाहालले ३५ फिट
उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए ।
सौराहामा पर्यटक आर्कषित गर्ने थ७३घढसप्रै चिज छन उनले भने अब नेपालको
झण्डा थपिएको छ ।
Monday, August 30, 2021
मोडल निकिता कलाकर्मी सम्मानबाट सम्मानित
चितवनकी मोडल एवंम् डान्सर निकिता सुनार खाती ‘राष्ट्रिय व्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित भएकी छिन् । मोफसलमा रहेर पनि झण्डै एक दशक समयदेखी निरन्तर रुपमा कुशल मोडल, नुत्याडंगानाको रुपमा नेपाली चलचित्र, स्टेज शो र म्यूजिक भिडियोमा निकिता सक्रिय छिन् ।
उनले दिने प्रस्तुती कारण जोकेही पनि मोहित हुदै आएका छन् । एक भव्य समारोहका विच नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपालकी प्रथम चलचित्र अभिनेत्री भुवन चन्द, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी तथा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निसु झाले संयुक्त रुपमा निकितालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरेका थिए ।
निकिता पूर्वी चितवन रत्ननगर निवासी हुन् । खातीलाई रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको ‘राष्ट्रिय ब्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित गरिएको रिबनका अध्यक्ष झाले जानकारी दिए ।
उनीसहित चितवनका गायक भुवन प्यासी समेत सोही अवसरमा सम्मानित भएका थिए ।
Thursday, August 5, 2021
इ चितवन खबरले भव्य रुपमा मनायो काठमाडौंमा आफ्नो प्रथम बार्षिकोत्सव
चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित
लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको
गौरवमय प्रथम वार्षिकोउत्सव भव्य रुपमा मनाईएका छ । सो अवसरमा आज
काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित
व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका
महासचिव चेत बहादुर सिंह “राजा”ले लक्की मिडिया हाउसले विभिन्न प्रतिकुलता
बीच पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । ‘लक्की मिडिया हाउसले
कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ
,उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’
लक्की मिडिया हाउसबाट प्रकाशित विभिन्न संस्करण मध्ये इ चितवन खबर डटकमको
प्रथम बार्षिकोत्सवको अवसरमा उहांँले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि चर्चित कलाकार बुद्धि तामाङ्गले लक्की मिडिया हाउसले कला र
कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ्ग र
मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनु भयो । कोरोना कहरमा सबैभन्दा बढी
मर्कामा कलाकारिता र सिनेमा क्षेत्र भएको बताउंँदै उहांँले यसलाई माथि
उकास्न मिडियाको भूमिका नै महत्वपूर्ण हुने बताउनु भयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लक्की मिडिया हाउसका महाप्रबन्धक
हरि कार्की “लक्की”ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको
भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले
निरन्तरता दिदै आएको बताउनु भयो । ‘हामीले चाहे बार्षिकोत्सव होस, चाहे
क्यालेण्डर बिमोचन होस, या भनौं श्रष्टा सम्मानका बिषय हुन्, हामी कहिल्यै
चुकेका छैनौं । छुटेका छैनौं । ’उहांँले भन्नुभयो । विभिन्न क्षेत्रका
व्यत्तित्व, शुभेच्छुक, विज्ञापनदाता लगायतको सहयोग, प्रेरणा र उर्जाबाट नै
मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाई थियो ।
कार्यक्रममा अतिथि नेपाली चलचित्रकी चर्चित नायिका रेबिका गुरुङ्ग,
चलचित्रका निर्देशक रमेश कोइराला तथा चितवनका युवा उद्यमी , समाजसेवी एवं
भेटघाट रेष्टुरेण्टका सञ्चालक महेश तिवारी लगायतको सहभागिता रहेको थियो ।
Monday, June 21, 2021
खैरहनीको नीति तथा कार्यक्रम (खैरहनी नगरपालिका नवौं नगरसभा | मिति : २०७८/०३/०७ | स्थान : खैरहनी नगरपालिका सभा हल)
असार ७ गते ।
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लालमणि चौधरीले वताए । कोभिड १९ महामारीको वढ्दो प्रभावलाई मध्यनजर गर्दै राजस्वमा छुट र सहुलियतको व्यवस्था,आन्तरीक आय परिचालनमा सुधार ल्याउन र राजस्व प्रक्षेपणलाई यथार्थपरक र वैज्ञानिक वनाई,वजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित गर्न खैरहनी नगरपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गरि अघि वढाईने,राजस्वका विभिन्न विधाका असल करदातालाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम संचालनमा ल्याईने नगर प्रमुख चौधरीले वताए ।
नगरपालिकाले सुशासन तथा संस्थागत विकासका लागि नागरीकको चासो र गुनासोलाई तत्काल सम्वोधन गर्ने वातावरण वनाउने जनाएको छ । चासो र गुनासो सुन्ने मात्र नभई नगरपालिकालाई सवैभन्दा उत्तम र रचनात्मक सुझाव प्रदान गर्ने नगरवासीलाई पुरस्कृत गरिने नगर प्रमुख चौधरीले वताए । नगरपालिकाको स्वीकृत दरवन्दीमा रहेर कार्यरत एक वर्ष व्यतित भएका अस्थायी र करार सेवाका कर्मचारीहरुका लागि कल्याण कोष स्थापना गरि उपदानको व्यवस्था गरिने,त्यस्ता कर्मचारीहरुलाई स्थायी कर्मचारीहरुले पाए सरहको सुत्केरी विदा,सुत्केरी स्याहार विदा,किरिया विदा लगायतको व्यवस्था गर्ने,पत्रकारीता क्षेत्रमा आवद्ध पत्रकारहरुको हकहितको प्रर्वद्धन र क्षमता अभिवृद्धीमा सघाउ पुर्याउने किसिमका कार्यक्रम संचालन गर्ने नगरपालिकाले लिएको निति तथा कार्यक्रममा उल्लेख छ ।
कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुका साथै कृषकहरुको उन्नती तथा विकासका लागि कृषि र पशुपालनको क्षेत्र,उद्योग तथा बाणिज्यको क्षेत्रलाई पनि प्राथमकिता दिने जनाईएको छ । सो अवसरमा नगर प्रमुख चौधरीले संघीय सरकारले स्थानीय तहमा सुरु गरेको स्वमुल्यांकनमा खैरहनी नगरपालिकालाई जिल्लाकै प्रथम वनाउन सहयोगी भुमिका निर्वाह गर्ने जनप्रतिनिधीहरु,वर्तमान र पूर्व कर्मचारीहरु लगायत सम्पूणर् नगरवासीमा धन्यवाद दिदै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा रहेको वताए ।
नगर सभामा आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी,सामाजिक विकास समितिबाट संयोजक मनेजर महतो, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक टिकादत्त इटनी, पूर्वाधार समितिबाट संयोजक होमकुमार पुन,लेखा समितिबाट संयोजक टिकाराम तिमल्सीना,वन,वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक भूमि प्रसाद कडेंल,विधायन समितिबाट संयोजक देववहादुर वस्नेत र न्यायिक समितिबाट सदस्य गोमादेवी भुजेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
निति तथा कार्यक्रम र प्रतिवेदन माथि थप छलफल गर्न असार १० गते सम्मका लागि समय दिई नगर सभा सोही दिन सम्मका लागि स्थगित गरिएको छ । असार १० गते आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।
Monday, June 14, 2021
राईटपाथ र एडभोएले बेलायत र क्यानडा जान चाहने विद्यार्थीका लागि निःशुल्क वेबिनार सप्ताह गर्दै
काठमाडौं । विश्व कोरोना महामारीका कारण भौतिक उपस्थितिमा अध्ययन अध्यापनको वातावरण नभएको बेला राईटपाथ र एडभोएको सहकार्यमा बेलायत र क्यानडामा अध्ययनका लागि जान चाहनेका लागि निःशुल्क वेबिनार आयोजना गर्ने भएको छ ।
१५ जूनबाट सुरु हुने वेबिनारमा यूकेका ६ विश्वविद्यालयका पदाधिकारीले आवश्यक सूचना र जानकारी प्रदान गर्ने एडभोएले जनाएको छ । वेबिनार अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि उपयोगी हुने एडभोए नेपालका कन्ट्र्री डिरेक्टर फिलिप डिसीले जानकारी दिए ।
वेबिनार जुम प्ल्याटफर्मबाट सञ्चालन गरिनेछ । वेबिनारमा १५ जूनमा ब्राइटन विश्वविद्यालय, १६ जूनमा बोल्टन, १८ जूनमा रोह्याम्टन, २३ जूनमा हडर्सफिल्ड र २४ जूनमा थम्सन रिभर्स विश्वविद्यालय क्यानडाका वक्तासँग आफ्ना जिज्ञासा राख्न सकिने डीसीले बताए ।
बेलायत तथा क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरुको वेबिनार गर्दै जाने समेत उनले जानकारी दिए । अहिले युके र क्यानडाको सीमा खुल्ला नै रहेको साथै त्यहाँको जनजीवन पनि सामान्य भइसकेकाले यि दुई देशमा केही जोड दिइएको हो ।
यसअघि एडभोएले बेलायतको युकलान विश्वविद्यालयबाट सुरुवात गरेको वेबिनार सिरिज, अक्सफर्ड ईन्टरनेसनल ग्रुप युके, युनिभर्सिटी अफ साउथ वेल्स युके, युनिभर्सिटी अफ क्यानडा वेस्ट, नियाग्रा कलेज क्यानडाका वेबिनार सिरिज सम्पन्न गरिसकेको छ । वेबिनारमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको समेत एडभोएले जनाएको छ ।
Wednesday, June 9, 2021
चितवनमा रक्तदान अभियानमा आजसम्म ७५९ पाउण्ड रगत सङकलन
जेठ २६, चितवन
नेपाल यतिबेला कोरोना बिरुद्ध जित हासिल गर्न लकडाउनको चपेटामा छ । लकडाउनको अवधी पनि एक महिना लामो भैसकेको छ । लकडाउन पश्चात अत्यावयक बाहेक सम्पूण सेवा ठप्प छ । सरकारी तथ्याङ्क अनुसार पछिल्ला केही दिन संक्रमण केही घटेजस्तो देखिएको छ । दैनिक ८२.८ प्रतिशत संक्रमणमुक्त हुने गरेका छन । महामारीको अवस्थामा रगतको अभावले कुनै पनि विरामीको अकालमै मृत्यु नहोस भन्ने उदेश्यले चितवनमा नेकपा माओवादी केन्द्रको भातृ सङगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा रक्तदान अभियान चलाएका छन ।
रत्ननगरमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले दिए रगत
जेठ २ गते भरतपुर महानगरपालिका वडा नं. २३ बाट सुरु भएको अभियान अन्तर्गत आज रत्ननगरको सौराहा चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १०० जना पुरुष र ५ जना महिला गरी १०५ जनाले रक्तदान गरेका छन ।कार्यक्रममा पाटीका प्रदेश सभा सदस्य कञ्चन खनाल प्रमुख आतिथि र पाटीका जिल्ला सचिवालय सदस्य रामचन्द्र अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि खनालले विद्यार्थी रत्ननगरका ईन्चार्ज दयाराम पौडेललाई ब्लड व्याग दिएर कार्यक्रको उद्घाटन गर्नुभएको हो । वाईसियलका जिल्ला अध्यक्ष मधु न्यौपानेको सभापतित्वमा भएको कार्यक्रम अखिलका संयोजक अभिनास रम्तेलले सहजिकरण गर्नुभएको थियो ।
यसैविच रक्तदान अभियान अन्तर्गत आजसम्म ७५९ पाउण्ड रगत सङकलन भएको छ । जेठ २ गते भरतपुर २३ मा भएको कार्यक्रममा १०३, जेठ १३ गते भरतपुर १ मा ८२, जेठ १५ गते भरतपुर ११ मा ६१, जेठ १७ गते कालिका नगरपालिकामा ११६ पाउण्ड रगत सङकलन भएको थियो । यसैगरी जेठ २१,२२ र २४ गते क्रमश माडीको बाँदरझुलामा ३३, देवेन्द्रपुरमा ७७ र वरुवामा ९० , जेठ २४ गते राप्तीमा ९२ र जेठ २६ गते (आज) रत्ननगरमा १०५ पाउण्ड गरी कुल ७५९ पाउण्ड रगत सङकलन भएको हो । अभियान जारी रहने वाईसियल र अखिलले जनाएका छन ।
-
महिनावारी नहुने वा हराउने अवस्थालाई एमेनोरिया भनिन्छ । एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन् । महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हु...
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
यदि तपाईंलाई केक, कुकिज जस्ता चीजहरू खान मन पर्छ भने सावधान रहनुहोस् । यस प्रकारको खानाले असामयिक मृत्युको जोखिम बढाउन सक्छ । विश्वका आ...










