Friday, May 6, 2016

जनवादी गायक जीवन शर्माको जीवन

‘संघर्ष’ युद्धमैदानमा मात्र होइन, जीवनमा पाइलैपिच्छे गाँसिएर आउने काडाँदार खराउ रहेछ । जनवादी गायक जीवन शर्माको जीवन हेर्दा यस्तै लाग्छ । उनको जीवनमा संघर्षका कठिनमय मोड आइलागेका होइनन्, आफैले रोजेका हुन् । सर्वहारा वर्गको गीत गाएर हिँडेका उनी आफै सर्वहारा जीवन बाँचिरहेका छन् । लाखौ मान्छेको सपनाको शहर काठमाडौमा उनी भने आम मान्छेका साझा सपनाको धुन सोच्दै सडक र फुटपाथमा फित्ते चप्पल पड्काउँदै हिडिरहेका भेटिन्छन् । जीन्दगी अभावमा चले पनि ओठमा हाँसो छुटेको छैन ।
धन कमाउन चाहेको भए उनले धेरै कमाउने सम्भावना पनि थियो । छँदा खाँदाको स्कूले हेडमास्टरको जागिर छाडेर गायनतिर लाग्दा उनी समाजका नजरमा मति बिग्रेको मान्छे बने । थप धन कमाए पनि बाबुकै सम्पत्ति सम्हालेर बस्दा पनि काइदाको जीन्दगी चल्थ्यो । बाबु उतिबेला पंचायती व्यवस्थामा बाग्लुङमा प्रधानपञ्च र जिम्मावाल थिए । छोराको आँखामा आफ्नै बाबुजस्ता मान्छेहरुबाट हेपिएका, दविएका र ठगिएका समाजका निमुखा मान्छेका आँशुले पोलिरहेको थियो । आज रक्तिम परिवारको टोली सहित जोशिएर गाउँदा ती आँशुको भार केही हदसम्म कम हुँदै गएको आत्मसन्तोष संगालेका छन् जीवनले ।

२०३२ सालदेखि गीत गाउन शुरु गरेका जीवनले २०४१ सालदेखि भूमिगत भएर गाउन थाले । पिंढी, मझेरी, आँगनी र वस्तीहरुमा गाउँदै हिडेका गीतहरु प्रजातन्त्र पुनवर्हाली पछि २०४७ सालमा रेकर्ड गरेर ल्याउँदा देशव्यापी रुपमा लोकप्रिय भए । साढे तीन दशक लामो गायन यात्रा पार गरेर आएपछि आफ्नो उपलब्धिको खाता केलाउँदा के खेल्दो हो, एउटा कलाकारको मनमा? यो कुरामा उनले कहिल्यै हेक्का राखेनन् । त्यही भएर परिवारबाट गुनासो र दुःखेसो धेरै सुनेका छन् र त्यो रोकिने छाँट पनि छैन आजीवन । आर्थिक अभावले गरिव–दुःखीका गीत सिर्जना गर्न झन् उर्जा दिने गरेको छ, उनलाई ।

सिमली छायाँमा बसी भरीया लामो सास फेरेको
उमेर भइसक्यो असी झन् ठूला दुःखले घेरेको

अहिलेसम्म ४४ वटा गीति एल्बम निकालिसकेका छन् । चार सय भन्दा बढि गति रेकर्ड भइसके । तीमध्ये एक सय भन्दा बढी गीतमा लेखन र संगीत उनकै छ । पछिल्लो समयमा नयाँ  सिर्जना आउन सकेको छैन । कारण आर्थिक अभाव । हितैषी र शुभेच्छुकहरुले सहयोग गर्ने गरे पनि अहिले त जनता आफै अप्ठेरो स्थितिमा रहेका बेला कति मागिरहुन भनेर मर्मबोध गर्छन । अहिलेसम्म जिविकाको मेलो देश विदेशमा विभिन्न महोत्सवमा गर्ने सांगीतिक प्रस्तुतिनै हो । त्यस्ता सांगीतिक प्रस्तुतिमा सहभागी हुन जाँदा उनी विक्रीका लागि झोलाभरि गीतका सिडी बोक्छन् । जनताको लागि चेतनामूलक गीत गाउँदै हिड्ने कलाकारले कलाक्षेत्रमा लागेबापत अहिलेसम्म शर्माले केही पाएका छैनन् दर्शक श्रोताको माया बाहेक ।

 तीन छोरा र एक छोरीका पिता, पति र पुत्रको परिचय गायक जीवनको सानो संसार हो । आमा र पत्नीको नारी संवेदनाले उनलाई भिजाइरहेको हुन्छ । तर गायक शर्माको लागि शहरको दुई कोठा र परिवार पर्तिर पो छ गुजुल्टो परेको विश्व । उनी डेराको बासबाट निस्किएर त्यही गुजुल्टो फुकाउन वर्षौदेखि लागिपरेका छन्, संगीतलाई माध्यम बनाएर ।
Source : http://ramaailo.com/artists/jivan-sharma

Sunday, April 10, 2016

Timro Nai Maya | Ramu Acharya

Job Search | Nice Short Comedy | Ramu Acharya

पानीमा आगो लागे के होला ? | नयाँ हास्य कमेडी | रामु आचार्य

चेपाङ महिलालाई स्वास्थ्य सेवाबारे प्रशिक्षण

होमनाथ सापकोटा,
रत्ननगर २७ चैत,
चितवनका ६ वटा पहाडी गाविसमा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवा तथा सुविधाका वारेमा प्रशिक्षण दिईएको छ । डेक नेपाल सौराहाले सञ्चालन गरेको चेपाङ महिला शशक्तिकरण परियोजना अन्र्तगत काउले,चण्डिभन्ञ्याङ,शक्तिखोर,
सिद्धि,कोराक र लोथरका चेपाङ महिलाहरुलाई प्रशिक्षण दिईएको हो । प्रत्येक गाविसमा ४५ जना गरी २७० जना चेपाङ महिला र पुरुषहरुको सहभागिता रहेको परियोजनाका संयोनक जनक कार्कीले जानकारी दिए । कार्यक्रममा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रजनन् स्वास्थ्य,मातृत्व,वाल स्वास्थ्य,परिवार नियोजनका वारेमा जानकारी गराईएको थियो । साथै उनीहरुलाई कृषि अन्र्तगत मौसमी तरकारी खेतीको बरेमा तालिम दिएर ७५० घरधुरीलाई विभिन्न ६ जातका लहरे तरकारी खेतीको बीउ वितरण गरिएको परियोजनाका संयोजक कार्कीले बताए । कार्यक्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा सुविधाका वारेमा सम्बन्धित गाविसका स्वास्थ्य चौकी प्रमुखहरुले तथा परियोजनाका संयोजक कार्कीले महिला नेतृत्व,समाजिक जवाफदेहीता र समावेशीकरण वारे सहजीकरण गरेका थिए । त्यसैगरी शनिवार लोगर गाविसको यौरेलीटारमा चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुलाई कृषि,स्वास्थ्य तथा सामाजिक जवाफदेहीताको वारेमा प्रशिक्षण दिईएको छ । कार्यक्रममा पैरवी मञ्चले अहिले सम्म गरेका विभिन्न कामको वारेमा छलफल समेत गरिएको थियो । छलफलका क्रममा अगुवा चेपाङ महिलाहरुले गाविसमा स्वास्थ्य,सरसफाई,आयआर्जन,सामाजिक परिचालन,योजना निर्माण प्रक्रियामा सहभागिता जनाउन महिलाहरु सक्षम हुदै गएको बताएका थिए । ६ वटा गाविस सो परियोजना लागु भएपछि चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुले स्थानीय सरकारी निकायहरुसंग विकासका योजनाहरु माग गर्ने गरेका परियोजनाका संयोजक कार्कीले बताए ।

Thursday, April 7, 2016

तरकारी खेति मार्फत चेपाङ्ग महिलाहरुको सशक्तिकरण

रामु आचार्य सिद्धि, चितवन २४ चैत्र २०७२ डेक नेपाल सौराहा द्वारा आयोजित चेपाङ्ग महिला पैरवी मंच संजाल बैठकको चौथो दिन आज चितवनको पहाडी गाबिस सिद्धिमा तरकारी खेति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रम मार्फत मौसमी र बेमौसमी तरकारीको जानकारी ,खेति गर्ने पद्दति लगाएतका बिषयमा कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिबराज पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ! कार्यक्रममा चेपाङ्ग महिला पैरवी मंचमा आबद्द ५० जना चेपाङ्ग महिलाहरुको सहभागिता रहेको थियो ! सहभागी चेपाङ्ग महिलाहरुलाई रु.१५००० बराबरको लहरे तरकारीको बिउ वितरण गरिएको छ ! कार्यक्रममा सहजीकरण गर्दै कार्यक्रम संयोजक जनक कार्कीले महिला सशक्तिकरण, नेतृत्व बिकाश, योजना निर्माण लगायतका बिषयमा जानकारी प्रदान गर्नुहुदै महिलाहरु घरायसी काममा मात्र सिमित नभई सिप सिक्दै आय आर्जनको पथमा अगाडी बढ्न आग्रह गर्नुभयो ! त्यस्तै संजाल बैठकलाइ सहजीकरण गर्दै सिद्धि स्वास्थ्य चौकीकि अ.न.मि. प्रभा पाण्डेले स्वास्थ्य सचेतनाको बिषयमा संयमित हुन चेपाङ्ग महिला हरुलाई आग्रह गर्नुभएको थियो ! चितवनका ६ वटा पहाडी गाविसमा आयोजना हुने संजाल बैठकको पाचौ कार्यक्रम कोराकमा र छैठौ कार्यक्रम लोथरमा आयोजना हुने कार्यक्रम संयोजक कार्कीले जानकारी दिनुभएको छ !