चितवन । ह्याप्पी मिडिया नेटवर्कले उत्पादन गर्दै आएको हास्य धारावाहिक डामाडोलले १ सय भाग पुरा गरेको छ । साताको शुक्रबार चितवनको अभियान टेलिभिजन बाट साँझ ८ बजे प्रशारण हुँदै आईरहेको उक्त शृंखला सोहि दिन बेलुकी ८:३० बजे ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युव च्यानलमा प्रसारण हुँदै आएको छ । सय भाग प्रवेशको अवसरमा आज निर्माण टिमले एक औपचारिक कार्यक्रमको आयोजना गरि डामाडोलका सदस्य सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ । कुनै समय नेपाल टेलिभिजन बाट प्रशारण हुने चर्चित शृंखला हिजो आजका कुरामा उत्कृष्ठ अभिनयकला प्रस्तुत गरेका कलाकार प्रकाशमणि सापकोटाको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो । कार्यक्रममा बोल्दै सापकोटाले चितवनमा निर्माण हुने कुनै पनि हास्य शृंखला मध्य सय भाग पुरा गर्ने डामाडोल पहिलो शृंखला बनेको भन्दै सम्पूर्ण निर्माण टिम तथा कलाकारहरुलाई शुभकामना दिनुभएको थियो ।
डामाडोलका मुख्य सल्लाहकार रवि भट्ट रोशी, कलाकार दिलकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै डामाडोलका निर्माता, लेखक, सम्पादक, कलाकार तथा निर्देशक रामु आचार्यले सिमित श्रोत साधनमा जिरो लगानीमा निर्माण भएको शृंखलामा सवै पक्षले नि:शुल्क साथ दिदै सय भाग प्रवेस गरेकोमा खुसि व्यक्त गर्दै सवैलाई धन्यवाद दिएका थिए । सय भाग विशेष कार्यक्रम आगामी शुक्रबार अभियान टेलिभिजन बाट प्रशारण हुने समेत उनले बताए । रत्ननगर ९ को रमणीय स्थानमा रहेको थारु भान्सा घरमा आयोजना भएको उक्त कार्यक्रम डामाडोलका व्यवस्थापक टिकाराम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments
Post a Comment