चितवन । लक्की मिडिया हाउस चितवनको आयोजनामा एनप्लस प्रोफेसनल “लक्की साँगीतिक साँझ २०७८ एवम् सम्मान कार्यक्रम" मा चार विधाका पांँच व्यत्तित्व सम्मानित भएका छन । भरतपुरमा भएको कार्यक्रममा उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा चिकित्सा विधातर्फ भरतपुर अस्पतालका प्रसूति विभागका प्रमुख बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणी पोखरेल , समाजसेवी विधामा मोहन माध्यमिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष रवि शमशेर थापा, शिक्षाकर्मी विधाबाट प्रेरणा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य तेजप्रसाद चुडाल रहेका छन् । व्यवसायी विधाबाट युवा उद्यमी प्रभु हाउजिङ्ग एण्ड प्रोपटी डिलर्ससका अध्यक्ष केशव कार्की र केन्द्रदीप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं युवा उद्यमी लोकेन्द्र अधिकारी सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि , विशिष्ट अतिथि तथा अतिथिहरुले दौसल्ला र सम्मानपत्रसहित सम्मानित गरेका थिए ।
सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' "कोरोना कहर पछिको यो मिडिया हाउसको पहिलो साँगीतिक कार्यक्रम भएको र आम श्रोता, दर्शक , विज्ञापनदाता र शुभेच्छुकको प्रेरणाले नै आफूले साँगीतिक तथा सम्मान कार्यक्रम गर्न सफल भएको बताए । मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरी हौसला प्रेरणा र उर्जा दिएको उनको भनाई छ ।
No comments:
Post a Comment