BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Saturday, May 8, 2021
रत्ननगरको प्रशंसनीय काम : मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयोग गरिने
चितवन २५ बैशाख ।
चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले शुक्रवार नै आफु चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन ।
मेयर वनले चढ्दै आएको बा.२ झ ३३९९,उपमेर दुवाडीले चढ्दै आएको ना.१ झ १५८६,प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा.१२ च.२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा.२ झ १२१७ नम्बरको गाडी कोरोना संक्रमितलाई घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ । अब हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दै छौं मेयर वनले भने कोही पनि नगरबासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन । मेयर वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेग आग्रह गरेका छन् । । छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको मेयर वनको भनाई छ ।
यस अघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेके छ ।
होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)
-
रत्ननगर, फागुन ४ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा रहेका अपाङ्गता भएकाहरुको भेलाले रोहीत होङ राइको संयोजक रहेको नवजिवन स्व...
-
महिनावारी नहुने वा हराउने अवस्थालाई एमेनोरिया भनिन्छ । एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन् । महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हु...
-
यदि तपाईंलाई केक, कुकिज जस्ता चीजहरू खान मन पर्छ भने सावधान रहनुहोस् । यस प्रकारको खानाले असामयिक मृत्युको जोखिम बढाउन सक्छ । विश्वका आ...



No comments:
Post a Comment