चितवन : ईलाका प्रहरी कार्यालय रत्ननगरका कार्यालय प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले शान्ती सुरक्षाको पूर्ण रुपमा कार्यान्वयनका लागि ‘अन द स्पोर्ट्’ कार्वाही गर्न आफु एक इन्च पनि पछि नहट्ने बताएका छन् ।
स्थानीयलाई शान्तिसुरक्षा र अपराधीक गतिविधिलाई नियन्त्रण लिन जहिले पनि अग्रसर छु रानाले भने, जती समय रत्ननगरमा रहन्छु, जनतामा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन तल्लिन रहनेछु ।केहिदिन अगाडी मात्रै मकवानपुरबाट रत्ननगरमा सुरुव भएर आएका रानाले आज पत्रकारहरुसंँगको परिचयात्मक कार्यक्रममा बोल्दै शान्तिसुरक्षाको मामिला र लागू औषध नियन्त्रणका साथै, अपराधीक गतिविधिलाई बढावा दिने कसैलाई पनि नछाड्ने र उनीहरुलाई कानुन बमोजिम कार्वाही गर्ने बताएका हुन् ।
आफु भर्खर मात्रै आएकोले यहाँको बारेमा घुलमिल हुन केही समय लाग्ने भएता पनि जिल्लामा हुने अवैध क्रियाकलाप रोक्न आफू पूर्ण रूपमा लाग्ने बताए। उनले पत्रकारबाट आएको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्ने बताए। कानुनभन्दा माथि कोही पनि नभएकाले दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछोड्ने उनको भनाइ थियो।
कानुन भन्दा माथि कोही नहुने बताउँदै उनले कानुन हातमा लिने र अबैध गतिविधि गर्न खोज्नेलाई ‘अन द स्पोर्ट्’ कार्वाही गर्ने चेतावनी दिएका छन् । मेरो कार्यकालमा यहाँ कसैले असुरक्षित महशुस गर्नु पर्दैनन् । कानुन हातमा लिनेलाई म कुनै हालतमा छाड्दिनँ, उनले भने, मेरो अगाडि भनसुन चल्दैन ।उनले कहिँ कत्तै केही भए वा अपराधीक गतिविधि हुन लागेको पाइए वा देखिए तत्कालै आफूलाई जानकारी गराउन र एउटा कर्तव्य नागरिकको परिचय दिन र देखाउन समेत रत्ननगरबासीलाई आग्रह गरेका छन् ।
उनले आफ्ना कुनै पनि प्रहरीले अबैध गतिविधी गरे वा गर्न थाले तत्कालै आफुलाइ जानकारी गराउन समेत आग्रह गरेका छन् । आफ्नु मातहतमा रहेको कुनै पनि प्रहरी कर्मचारीले आर्थिक, अनुचित लाभ लिएको प्रमाण भेटिए तत्कालै कार्वाही गर्ने चेतावनी दिए ।
No comments:
Post a Comment