BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Thursday, March 25, 2021
Sunday, March 21, 2021
अधिकारीलाई पत्रकार महासंघको चुनावमा अध्यक्षको उमेदवार घोषणा
भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उमेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्षसमेत हुन् । महासंघ चितवनकका वर्तमान अध्यक्षसँगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना बिमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिमलगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसकेका छन् ।
दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका अधिकारी चितवनको पत्रकारितामा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । भरतपुर-११ निवासी अधिकारीले केही सञ्चार माध्यममा सफल व्यवस्थापकीय जिम्मेवारी पूरा गरिसककेका छन् । उनी हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादक भएर काम गरिसकेका छन् ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उमेदवार घोषणा गरिएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई ऐक्यबद्ध बनाउन सक्ने बताए ।
युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आह्वान् गरे । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जीत सुनिश्चित रहेको बर्ताए ।
महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाई मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई उमेदवार बनाइएकोमा खुसी व्यक्त गरे । युनियन चितवनका सल्लाहकार पूर्णप्रसाद शर्मा, फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार ईश्वर जोशी, युनियनका पूर्वकेन्द्रीय सदस्य शारदा पौडेलले नारायणप्रसाद अधिकारीलाई जिताउन चितवनका पत्रकार एकजुट हुन आह्वान् गरे ।
अधिकारी अध्यक्ष भएका बेला प्रेस युनियन चितवनले पत्रकारहरुका संघ-संगठनकै पहिलो भवन बनाउने भूमिका निर्वाह गरेका थिए । समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको बसेनीको जग्गामा करिब ६० लाख रुपैयाँ सहयोग जुटाएर प्रेस युनियन चितवनको भवन बनाउने कामको अगुवाइ गरेका थिए ।
प्रेस युनियन चितवनले जिल्लाका अन्य पत्रकार संगठनलाई नारायणप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने गरी सहकार्य गर्नसमेत आह्वान गरेको छ ।
भाडा वृद्धिको माग र ट्राफिक प्रहरीको दुर्व्यवहारको विरोध गर्दै पिकअप गाडी आन्दोलनमा : बन्यो संचालक समिति
रामु आचार्य
फागुन ८, रत्ननगर :
तेलको भाउ लगातार बढिरहदा पनि भाडामा वृद्धि नभएको साथै यात्राको क्रममा ट्राफिक प्रहरीले अनावश्यक दुर्व्यहार गरेको भन्दै पिकअप गाडी आन्दोलनमा उत्रिएका छन् । चितवन, धादिंग, नवलपुर, मकवानपुर, काठमान्डू, पोखरा, बाग्लुंग लगाएतका स्थानमा संचालन हुने पिकअप गाडीहरुको उपस्थितिमा रत्ननगरको टिकौली चौरमा २ दिन सम्म प्रदर्शन गरिएको थियो ।
पिकअपका चालकहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिने गरेको चालकहरुको गुनासो थियो । ट्राफिक प्रहरीले दोश्रो दर्जाको नागरिक सरह दु:ख दिएको, एकै टिपमा २ ठामका छुट्टाछुट्टै ट्राफिकले चिट काट्ने गरेको, लेबर बोक्दा किन मान्छे हालिस भनि जरिवाना गराउने गरेको, भारतीय गाडिले टनका टन तरकारी बोकेर आउदा खानतलासी नलिने तर किसानको बारीमा फलेको तरकारीको अनलाईन बिल माग्ने, बिल नदिए १५ सय सम्म घुस माग्ने र घुस नदिए गाडी रोकेर राखिदिने गरेको चालकहरुको गुनासो छ । त्यस्तै पिक अप गाडीहरुलाई दु:ख दिने उद्धेश्यले आपटारिमा काँटा राखी मनलाग्दी रुपमा ओभरलोड शुल्क लिनुले सरकारले आफ्नै देशमा बसेर काम गर्न चाहने युवा शक्तिलाई बेवास्ता गरेको प्रष्ट भएको सहभागीहरुको गुनासो छ ।
आन्दोलनमा उत्रिएका चालक तथा संचालकहरुले मिलेर एक समिति पनि गठन गरेका छन् । सो भेलाले “साना तथा मझौला पिकअप व्यवसायी संघ” नामाकरण गरि कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा खगेश्वर पाण्डे चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा तस्बिर थिङ्क, सचिव प्रविन श्रेष्ठ, कोषाध्यक्षमा नारायण सुबेदी त्यस्तै सदस्यहरुमा प्रकाश महतो, मोहम्मद मोजाहित र रहिस अन्सारी चयन भएका छन् । यो समितिले समग्र पिकअप गाडीको हितको लागि कार्य गर्ने अध्यक्ष खगेश्वर पाण्डेले बताएका छन् ।
Saturday, March 20, 2021
Thursday, March 11, 2021
स्वर्गीय पूर्व प्रधानपञ्च पन्तको स्मृतिमा ‘सुर्य स्मारिका ग्रन्थ’ को विमोचन
चितवन। भरतपुरका संस्थापक पूर्व प्रधानपन्च स्वर्गीय सूर्यप्रसाद पन्तको स्मृतिमा बुधबार पुस्तक बिमोचन गरिएको छ । स्वर्गीय पन्तको ५१औ पुण्यतीथिमा भरतपुरमा सुर्य स्मारिका ग्रन्थको बिमोचन गरिएको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा पार्वती रावल र बिशिस्ठ अतिथी बाग्मती प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल रहनु भएको थियो ।
कार्यक्रममा रावलले स्वर्गीय पन्तको योगदानको चर्चा गर्दै पन्तले समाजमा पुर्याएको योगदानबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । अग्रजहरुको कामको मुल्यांकन गर्नुपर्ने बताउदै रावलले भरतपुरको विकासमा गरेको उहांँको उल्लेखनीय भुमिका सधैंभर सम्झनालायक रहेको बताउनुभयो । विकासका संवाहक पन्तले अहिलेको भरतपुर क्षेत्रलाई यहाँ सम्म ल्याईपुर्याउन गर्नुभएको योगदान कसैले पनि बिसर्ने नहुने रावलको भनाई थियो ।
विशिष्ट अतिथी कृष्ण भुर्तेलले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भरतपुर नगरको विकासमा उहांँको योगदान अनुकरणीय रहेको बताउनुभयो । भरतपुरको विकासको लागि सधै चिन्ता व्यक्त गर्ने पन्त मुल्यांकन गर्दै अवका विकास प्रेमीले पाठ सिक्नुपर्ने भुर्तेलको भनाई थियो । कार्यक्रममा विमोचित ग्रन्थ सुर्य स्मारिका ग्रन्थका सम्पादक ऋषिकेश घिमिरेले स्वर्गीय पन्तको विगत र वर्तमानको विषयमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ अध्यक्ष दामोदर न्योपानेले स्वर्गीय पन्तले देखाएको विकासवादी बाटो सबैको प्रेरणाको श्रोत रहिरहने बताउनु भयो । कार्यक्रममा स्वर्गीय पन्तका नाती रेगन पन्त , परिवार लगायत आफन्तले उहाँको संस्मरण गर्नु भएको थियो । कार्यक्रममा स्वर्गीय पन्तका छोराहरु भवानी पन्त , राजु पन्त लगायत पन्त परिवार र आफन्तजन लगायत विभिन्न सामाजिक अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रम स्वर्गीय सुर्य प्रसादकी धर्मपत्नी मिनकुमारी पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।
अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा आयो चितवन कोल्ड स्टोरेज
चितवन। चितवनको भरतपुर–९ आस्थाचोकमा रहेको शीत भण्डार अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा ल्याईएको छ । २०६३सालदेखि बन्द रहेको शीतभण्डार फागुन १० गतेदेखि सञ्चालनमा आएको हो ।
चितवनका ५ जना यूवाहरु मिलेर सञ्चालन ल्याएको शीत भण्डारमा २ हजार टन कृषि उपजका सामाग्री भण्डारण गर्न सक्ने क्षमता रहेको छ । स्थानीय कृषि उपज तथा अन्य जिल्लाका उत्पादनहरुलाई लक्षित गरी शीतभण्डार सञ्चालनमा ल्याईएको स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषक उपजले उचित मूल्य प्राप्त गर्ने लक्ष्यसहित शीत भण्डार बनाएका हौं ।” सञ्चालक श्रेष्ठले भने। उनका अनुसार अहिले आलु, प्याज, गाँजर, सुन्तला, कागती, स्याऊ लगायतका कृषिजन्य वस्तुको भण्डार गर्न थालिएको छ । २०४६सालमा स्थापना भएको शीतभण्डारलाई १५ करोड रुपैयाँ खर्चिएर पुनः सञ्चालनमा ल्याईएको श्रेष्ठले बताए ।
शीतभण्डारलाई अत्याधुनिक प्रविधि अनुसार कुलिङको व्यवस्था गरिएको छ ।उत्पादनमा बृद्धि भएका बेला कृषकले कृषिउपज भण्डारण गर्दा उपजको खेर नगई उचित मुल्य समेत पाउने श्रेष्ठको भनाई छ ।चितवन कोल्ड स्टोरेज नाम दिएर सञ्चालनमा ल्याईको शीत भण्डारमा केही समयपछि माछा, मासुको पनि भण्डारण गर्न लागिएको छ । जसअनुसार शीत भण्डार मल्टी च्याम्बर प्रविधिबाट निर्माण गरिएको छ ।
चितवनमा ३ वटा शीत भण्डार सञ्चालनमा छन् । तर, चितवनको पुरानो र ठुलो शीत भण्डार चितवन कोल्ड स्टोरेज रहेको श्रेष्ठको भनाई छ । जिल्लामा १०देखि १२ हजार टन क्षमताको शीतभण्डारको माग र आवश्यकता रहेको उनले बताए । शीत भण्डार पुर्णरुपमा सञ्चालनमा आएपछि उत्पादन खेर नजाने र उपभोक्ताले पनि सहुलियत मुल्यमा खरीद गर्न सक्नेछन । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानहरुले भण्डारणका लागि कृषि उपज ल्याउने गरेको उनले बताए कृषकहरूले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा धेरै रकम खर्च गर्न नपरोस भन्ने हेतुले शीत भण्डार सञ्चालनमा ल्याईएको हो । यसका साथै कृषकले आफ्ना उत्पादन थोरै रकम खर्च गरी अधिकतम लाभ लिन सक्ने श्रेष्ठको तर्क छ ।
Wednesday, March 10, 2021
Happy Mahashivratri 2021: Best Wishes, Quotes, Images, Wallpapers, Facebook Status and WhatsApp Messages
Mahashivratri brings happiness, prosperity, and success in life and Lord Shiva bestows his blessings on everyone. If you are away from your loved ones on this auspicious day, here are the best wishes, quotes, HD Wallpapers, Facebook status and WhatsApp messages to send them.
One of the most important Hindu festivals -- Mahashivratri 2021, is on March 11th. On this day, married and unmarried women observe fast for a happy married life and please Lord Shiva by offering milk, fruits, and other things. The day is considered to be very auspicious and it is said that all the wishes come true if you pray to the Lord wholeheartedly. The day comes with a number of mythological stories. While some Puranas suggest that on this day, Lord Shiva drank poison to save the earth which made his throat blue, others believe that this day marks the wedding of Lord Shiva and Goddess Parvati.
This day brings happiness, prosperity, and success in life and Lord Shiva bestows his blessings on everyone. If you are away from your loved ones on this auspicious day, here are the best wishes, quotes, HD Wallpapers, Facebook status and WhatsApp messages to send them.
Mahashivratri 2021 Wishes and quotes
May Lord Shiva give power and strength to everyone facing difficulties. Wishing you and your family happy mahashivratri
This Maha Shivratri, may Lord Shiva destroy all your sorrow and eliminate all the troubles to help you lead a happy and healthy life.
May the glory of the divine Shiva, remind us of our capabilities and help us attain success. Jai Shiva Shankar.
Experience the mystical beauty on the auspicious night of Maha Shivratri and feel Lord Shiva's divine presence. Here's wishing you and your family ahead of Maha Shivratri.
May Shiva bless you with good health, happiness and prosperity
Discover your hidden potential and the inner self as you meditate on the thought of reaching closer to Lord Shiva on the occasion of Maha Shivratri.
May all your wishes come true, and hope Lord Shiva’s blessings remain with you always
May Bhole Nath guide you and your family all your life! Sending you my best wishes on the special ocassion of Maha Shivaratri
May the choicest blessings of Lord Shiva bring happiness, peace, good health, wealth, prosperity and harmony to your life. Happy Maha Shivratri.
Monday, March 8, 2021
उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
चितवन । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रपसाद ढकालले उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५४ आँै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले राज्यका तर्फबाट आधारभूत पूर्वाधार निर्माण अनिवार्य रूपमा समयमै गरिदिए स्वदेशी तथा विदेशीहरू ठूलाठूला पूर्वाधारमा लगानी गर्न तयार रहेको समेत बताए ।
‘राज्यले लिने मात्र होइन दिने पनि हो भन्ने कुरालाई व्यवहारमा उतार्नुपर्छ’ उनले भने, ‘कोभिड वा अन्य आइपर्ने संकटमा राज्यले नीतिगत व्यवस्था गरेर सहजीकरण गर्नुपर्छ ।’ ढकालले नजिकै रहेको मौलाकालिका मन्दिरमा जान केवलकार शिलान्यासको चरणमा रहेको बताउँदै यसमा लगानी साझेदारी गर्न आफू तयार रहेको जानकारी दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफुले निजी क्षेत्रको सहकार्य र समन्वयमा काम गरिरहेको बताइन् । उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरिन् ।
प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले पिपिपी अवधारणा बमोजिम २ अर्ब बढीको लागतमा व्यावसायिक भवन निर्माणको लागि निजी क्षेत्रसंगको सम्झौता अन्तिम चरणमा रहेको बताउँदै यो भवन समग्र भरतपुरको पहिचानमा महत्वपूर्ण धरोहर हुने विश्वास व्यक्त गरिन् ।
उनले भरतपुरमा विकास निर्माणको काम तिव्र गतिमा भइरहनुले पनि भरतपुर महानगरपालिकाको निजी क्षेत्रसंगको सम्बन्ध सहयोगी रहेको छ भन्ने प्रमाणित गरेको बताइन् । भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा करका दर र दायरा बढाएको बताउँदै उनले व्यवसाय करबाट प्राप्त हुने रकमबाट निश्चित प्रतिशत कर निजी क्षेत्रको क्षमता विस्तारमा खर्च गर्ने परिपाटी सुरू गरिएको समेत बताइन् ।
प्रमुख दाहालले महानगरपालिकाले साना, ठूला तथा मझौला उद्योगहरुको समुचित व्यवस्थापनका लागि वडावडामा साना स्तरका उद्योग ग्राम निर्माणको नीति लिएको बताउँदै यसै आर्थिक वर्षमा २ वटा वडामा लघुु उद्योग ग्राम निर्माणको काम सुरू गरि सकिएको बताइन् । उनले पुर्वाधार विकास र व्यवस्थित सडक संजाल निर्माण नै सबै विकासको आधार हुने अपेक्षा सहित व्यवस्थित सडक संजालको विकास गरेर कनेक्टिभिटी मार्फत समग्र विकासलाई जोड्न आफू प्रतिवद्ध रहेको बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले निजी क्षेत्रको भूमिका राष्ट्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रले पनि आफूलाई प्रतिस्पर्धी र क्षमतावान बनाउँदै लैजानुपर्ने बताए । प्रमुख डल्लाकोटीले देशमै रूग्ण र जीर्ण अवस्थामा रहेका उद्योगहरु संचालन गरी रोजगारी सृजनाको वातावरण बनाउन आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए गरेका कामहरूको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्नेगरी सोही बमोजिमका औद्योगिक वातावरण बनाउनुपर्ने बताए । घिसिङले विद्युुतीय सवारी साधनको उपयोग बढाउनुपर्ने भन्दै भान्छामा हुने ग्यासको प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन आग्रह गरे ।
वरिष्ठ व्यवसायी रामचन्द्र संघाइले देशको बिगँ्रदो राजनीतिक वातावरणले औद्योगिक वातावरण विग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार र सरल राजनीतिक वातावरण सृजना हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि महानगरपालिका योजनावद्ध ढंगले अगाडि बढिरहेको छ : मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएर योजनावद्ध ढंगले अगाडि बढिरहेको बताएकी छन् ।
राष्ट्रिय माध्यामिक विद्यालय कृष्णपुरमा ४ कोठे भवनको शिलान्यास गर्दै प्रमुख दाहालले शिक्षाको गुणात्मक विकासले मात्र समृद्धि हासिल गर्न सकिने बताइन् । उनले त्यसलाई आत्मसात गर्दै भरतपुर महानगरपालिका अगाडि बढिरहेको स्पष्ट पारिन् । ‘म जनप्रतिनिधि भएर भरतपुर महानगरमा प्रवेश गरेसंगै यहाँको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढिरहेकी छु,’ उनले भनिन् ।
प्रमुख दाहालले आवश्यकता रहेका विद्यालयहरूको पहिचान गरी कार्यान्वयन गरेकै कारण पछिल्ला वर्षहरूमा सार्वजनिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको रोजाइमा परिरहेको दावी गरिन् । उनले विद्यालय भवन निर्माण, मर्मत तथा कक्षा कोठाको स्तरवृद्धि, खेल मैदान निर्माण, पार्क तथा बगैँचा निर्माणका लागि शौचालय र शुद्ध पिउनेपानीको व्यवस्था लगायतमा विशेष चासो दिइराखेको उल्लेख गरेकी थिइन् ।
सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले गौरवका आयोजनाको रूपमा अगाडि सारेको सिटीहल, रिङरोड, लिङ्करोड, पुलचोक गोन्द्राङ ६ लेन सडक, व्यवस्थित साइकल लेन सहितको नमुना सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारलाई ‘सी बिच’ मोडलको नमुना पर्यटकीय केन्द्रका रूपमा भैरहेको विकास नगरवासीका लागि शुद्ध पिउने पानीको पहुँच पूर्याउन गरिएको पहल सामुहिक प्रयासले अगाडि बढिरहेको वताउदै उक्त आयोजनाहरू तिव्र गतिमा काम भैरहेको जानकारी दिईन् ।
फरक प्रसंगमा प्रमुख दाहालले सर्वोच्च अदालतले गलत नजिर स्थापित गरेको भन्दै नेपाली जनताले लिएको समृद्धि, स्थायित्व र सुशासन सहित विकासको चाहनालाई यस्ता फैसलाले निरास बनाउने बताइन् । उनले अदालतको राजनैतिक फैसला सच्याउनुको विकल्प नरहेको भन्दै कसैलाई विचलित नहुन आग्रह समेत गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले कुरा थोरै र काम धेरै गर्ने बानी रहेको भन्दै यस भवन निर्माण गर्न महानगर प्रमुख रेनु दाहाल र संघीय संसद कृष्णभक्त पोखरेलको ठूलो योगदान रहेको जानकारी दिए । उनले विद्यालयको भवन समयमै निर्माण सम्पन्न गरेर शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । अध्यक्ष काफ्लेले नगरप्रमुख रेनु दाहालको पहल र सक्रियतामा मध्य नेपालको नमुना सहरको रूपमा भरतपुर विकास भैरहेको बताउँदै विकासप्रेमी जनप्रतिनिधिहरूलाई विकास र समृद्धि हासिल गर्नमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य भिमसेन देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सिङ्गो समाजको सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सक्ने बताउँदै राज्यले शिक्षा क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरे । उनले विद्यालयमा कक्षा कोठाको अभाव रहेको अवस्थामा संसद विकास कोष र भरतपुर महानगरपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरेको प्रति धन्यवाद व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे ।
नेपाली कांग्रेसका वडा सभापति काशीराम अधिकारीले विद्यालयको शैक्षिक र पूर्वाधारमा गुणात्मक सुधार गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए ।
विक्रम सम्बत २०२४ सालमा स्थापना भएको यस राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा कक्षा १ देखि १० सम्म पठनपाठन भैरहेको छ । विद्यालयमा छात्र –छात्रा गरी ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । संसद विकास कोष र भरतपुर महानगरपालिकाको लगानीमा ७० लाख रूपैयाँको लागतमा ४ कोठे पक्की भवनको शिलन्यास भएको होे । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।
Saturday, March 6, 2021
श्रीकृष्ण प्रणामी यूवा परिषदमा नया नेतृत्व चयन : पुजारी बराल सम्मानित
Friday, March 5, 2021
Thursday, March 4, 2021
जनतामा शान्ती सुरक्षाको प्रत्याभुती दिलाउन तल्लिन रहनेछु : ईप्रका रत्नन...
चितवन : ईलाका प्रहरी कार्यालय रत्ननगरका कार्यालय प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले शान्ती सुरक्षाको पूर्ण रुपमा कार्यान्वयनका लागि ‘अन द स्पोर्ट्’ कार्वाही गर्न आफु एक इन्च पनि पछि नहट्ने बताएका छन् ।
स्थानीयलाई शान्तिसुरक्षा र अपराधीक गतिविधिलाई नियन्त्रण लिन जहिले पनि अग्रसर छु रानाले भने, जती समय रत्ननगरमा रहन्छु, जनतामा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन तल्लिन रहनेछु ।केहिदिन अगाडी मात्रै मकवानपुरबाट रत्ननगरमा सुरुव भएर आएका रानाले आज पत्रकारहरुसंँगको परिचयात्मक कार्यक्रममा बोल्दै शान्तिसुरक्षाको मामिला र लागू औषध नियन्त्रणका साथै, अपराधीक गतिविधिलाई बढावा दिने कसैलाई पनि नछाड्ने र उनीहरुलाई कानुन बमोजिम कार्वाही गर्ने बताएका हुन् ।
आफु भर्खर मात्रै आएकोले यहाँको बारेमा घुलमिल हुन केही समय लाग्ने भएता पनि जिल्लामा हुने अवैध क्रियाकलाप रोक्न आफू पूर्ण रूपमा लाग्ने बताए। उनले पत्रकारबाट आएको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्ने बताए। कानुनभन्दा माथि कोही पनि नभएकाले दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछोड्ने उनको भनाइ थियो।
कानुन भन्दा माथि कोही नहुने बताउँदै उनले कानुन हातमा लिने र अबैध गतिविधि गर्न खोज्नेलाई ‘अन द स्पोर्ट्’ कार्वाही गर्ने चेतावनी दिएका छन् । मेरो कार्यकालमा यहाँ कसैले असुरक्षित महशुस गर्नु पर्दैनन् । कानुन हातमा लिनेलाई म कुनै हालतमा छाड्दिनँ, उनले भने, मेरो अगाडि भनसुन चल्दैन ।उनले कहिँ कत्तै केही भए वा अपराधीक गतिविधि हुन लागेको पाइए वा देखिए तत्कालै आफूलाई जानकारी गराउन र एउटा कर्तव्य नागरिकको परिचय दिन र देखाउन समेत रत्ननगरबासीलाई आग्रह गरेका छन् ।
उनले आफ्ना कुनै पनि प्रहरीले अबैध गतिविधी गरे वा गर्न थाले तत्कालै आफुलाइ जानकारी गराउन समेत आग्रह गरेका छन् । आफ्नु मातहतमा रहेको कुनै पनि प्रहरी कर्मचारीले आर्थिक, अनुचित लाभ लिएको प्रमाण भेटिए तत्कालै कार्वाही गर्ने चेतावनी दिए ।
Monday, March 1, 2021
आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्यो तीन दिने भ्रमण कार्यक्रम
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा तीन दिने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ । कोरोना कहर मत्थर भईरहेको बेला पर्यटकीय गन्तव्य खुल्ला छ भन्ने सन्देश दिन उक्त भ्रमणको आयोजना गरिएको हो ।
भ्रमण टोलीमा महाप्रबन्धक हरि कार्की “लक्की” , निेर्देशक तथा युवा व्यवसायी सुजन ओझा , कार्यक्रम संयोजक तथा पश्चिम चितवन शाखा प्रमूख राजेश शर्मा आचार्य , प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ “पासा”, स्तम्भ संयोजक प्रमुख जय पाठक “जेपी” रहेका थिए ।
लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की”ले आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले नेपालको विभिन्न ठाउंँ भ्रमण गरिएको बताए । उनका अनुसार टोलीले लमजुङ जिल्लाको घलेगाउंँ, भुजुङमा , बेशीशहर, धारापानी लगायतका पर्यटकीय गन्तव्यको अवलोकन तथा भ्रमण गरिएको थियो । यस्तै टोलीले तनहुँ जिल्ला हुँदै पर्यकीय नगरी पोखराका विभिन्न स्थान समेत भ्रमण गरेको थियो । टोलीले पोखराको फेवाताल, सराङ्कोट, डेभिज फल्स (पाताले छाँगो ) ,गुप्तेश्वर महादेव गुफा, बाराही मन्दिर ,वेगनास ताल लगायतका ठाउंँहरु भ्रमण गरिएको महाप्रबन्धक कार्कीले जानकारी दिए । भ्रमण पछि प्रतिक्रिया दिदै मिडिया हाउसका निर्देशक सुजन ओझाले भ्रमण उपलब्धी मुलक र फलदायी भएको बताए । आगामी दिनमा मिडिया हाउसले यस्तै पर्यटन प्रर्वद्धनका काम गर्दै जाने समेत बताए ।
चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)
चितवन, फागुन १७–
चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका व्यवसायी घिमिरेले ‘उनले जस्तै..’उत्कृष्ट गीत लेखेका छन् । घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा ...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...