BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, August 22, 2018
Wednesday, August 15, 2018
Tuesday, August 14, 2018
Sunday, August 12, 2018
Thursday, August 9, 2018
सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन
सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका प्रोप्राइटर ईश्वरलाल रामुदामुका कान्छा छोरा रुबिन रामुदामु पनि लामो समय देखी सुन चादी व्यवसायसंगै आवद्ध हुनुहुन्छ । जय सन्तोषी मा का नारायणगढमा जय सन्तोषी मा ज्वोलरी, जय सन्तोषी मा सुनचादी पसल र जय सन्तोषी मा स्वरूम गरी तीन वटा पसलहरु संचालनमा छन् । व्यवसायसंगै समाजसेवा र अन्य सामाजिक कार्यमा निरन्तर सक्रिय रुबिन रामुदामु नेपाल सुनचादी व्यवसायी संघ चितवनको एसोसियट सदस्य समेत हुनुहुन्छ । चितवनमा सफल सुन चादी व्यवसायीको रुपमा परिचित रुबिन रामुदामुले लन्डनको थमेस भ्याली बिश्वबिद्यालयबाट मेनेजमेण्ट संकायमा एमबिए समेत गर्नुभएको छ ।
Wednesday, August 8, 2018
मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी आन्दोलित
बुधवार साउन १३
काठमाडौं
मापदण्ड बिपरित कलेज सन्चालन बिरुद्ध बिध्यार्थी नेकपा निकट विद्यार्थी सगठन अनेरास्ववियु र क्रान्तिकारी आबद्ध विद्यार्थी हरुले नया बानेश्वर स्थिति हिस्ट इन्जिनियरिङ कलेजमा बिरोध प्रदशन गरेका छन । हिस्ट इन्जिनियरिङ कलेज पुर्बान्चल बिस्वबिध्यालय सम्बन्ध प्राप्त कलेज हो । उक्त कलेज ले विद्यार्थीहरु बाट चर्को शुल्क असुल्ने गरेता पनि उसको भौतिक संग्रहचना निकै कमजोर रहेको र यौटै भबनमा ४ सस्था चलेको एक बिध्यार्थिले जानकारि दिय । विभिन्न पटक विद्यार्थी सगठनहरु सङ कलेजको बिल्डिङ सार्ने सहमती गर्ने तर कार्यनयन नगर्ने भयकाले फेरि आन्दोलन चर्काउन बाद्य भयको आन्दोलनकारि विद्यार्थीले जनता समचार लाई बताय इन्जिनिरिङ कलेज चलाउनु पर्ने न्युनतम मापदण्ड बिपरित दुई तला भाडामा लगि कक्षा सन्चालन गरेको हिस्ट कलेजले कसरी गुणस्तर शिक्षा दिन सक्छ र ?
यौटै बिल्डिङ मा हिस्ट कलेज सानिमा बैक र यौटा कस्टक्सन कम्पनी राखियको छ । सामान्य मन्टेस्वरी खोल्दा त भौतिक संग्रचना बलियो हुनु पर्ने प्राबधान छ भने यो कलेज कुन मापदण्ड अनुरुप चलिरहेको छ हामी छक्क छौ अनेरास्ववियु सोही क्यापसका एक नेताले भने । बिस्वबिध्यालय र इन्जिनियरिङ काउन्सिल लाई मोटो रकम तिरी मापदण्ड पूरा नगरी चलेको यस्ता कलेजले बिध्यार्थिको भबिस्य बर्बाद पारेको र तत्काल यस्ता कलेज लाई मापदण्डमा ल्याउनु पर्ने वा खारेज गर्नु पर्ने उनिहरुको माग छ । आफ्ना माग पूरा नहुन्जेल आन्दोलन गर्ने चेतावनी बिध्यार्थिको छ । सयौ बिध्यार्थिको भबिस्य माथिको खेलबाड गरिनु राम्रो नभयको अनेरास्ववियुका एक नेताले बताए ।
श्री कृष्णबाट खेल सामग्री सहयोग
राजन दिल गुरुङ
चितवन ,२३
साउन ।
वीरेन्द्रनगर सिक्स ग्रुपमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको लागि श्री कृष्ण कार्कीले खेल सामग्री प्रदान गर्नु भएको छ । नवलपरासी र चितवन जिल्ला गरि ३८ वटा फुटबल टिमले सहभागिता जनाएको उक्त खेल साउन २२ गते बाट सुरु भएको हो ।खेलको बारेमा अन्यत्र बाट थाहा भएको र खेलको लागि सहयोग गर्न सदैब आफु तयार भएको भन्दै वीरेन्द्रनगरका खेलाडीको लागि ४ थान फुटबल , १ सेट जाली र कर्नर फल्याग सन्तोष पाठक र अप्सन गुरुङलाई प्रदान गर्नुभएको थियो। कार्की चितवन जिल्ला फुटबल संघका अध्यक्ष हुन् । हाल आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको छु र आगामी दिनमा अनुसाशित भएर खेल क्षेत्रबाट देशलाई चिनाउन यस्ता खेल प्रेमीहरुलाई केन्द्रबाट आएको सहयोग पनि उपलब्ध हुने बताउनु भएको छ । राप्ती ७ चितवन बाघ देबी युवा कल्बले आयोजना गरेको फुटबल प्रतियोगितामा उद्घाटन खेलमा लामा स्पोर्ट्स कल्बले , मनहरी फुटबल कल्बलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने सोहि दिनमा भएको अर्को खेलमा आयोजक बाघ देबी युवा कल्ब B ले तमु युथ कल्बलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सम्पूर्ण खेलको जानकारी यसै माध्यम बाट प्राप्त गर्न सकिनेछ ।
Tuesday, August 7, 2018
रत्ननगरको अस्वभाविक कर वृद्धि बिरुद्ध आन्दोलन गर्दै प्रतिपक्षी दल
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नगर समितीसहित सात राजनैतिक दलले आज संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन । रत्ननगर नगरपालिकाभित्र भएका कमी कमजोरी र सुधारको माग गदै सातदिनभित्र सम्वोधन गर्न नगरपालिकालाई बुझाएको ज्ञापनपत्रप्रति नगरपालिकाले बेवास्था र उपेक्षा गरेकोभन्दै सात राजनैतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन ।
रत्ननगर नगरपालिकाले गरेको अलोकताान्त्रीक, अब्यवहारीक क्रियाकलाप संशोधन गर्न भन्दै साउन चौध गते नगरपालिकाकी उपप्रमुख बिमला दुवाडीलाई एघार वुद्धे माग सहित ज्ञापन पत्र बुझाएका थिए ।
संघर्षका कार्यक्रम सार्वजनिक गदै नेपाली कांग्रेस नगरसभापति रुपनराज घिमिरेले नगरपालिका तानाशाही बन्दै गएको आरोप लगाउनुभयो ।
सभापति घिमिरेले दम्भ र विजयको उन्मादले जनविरोधी कार्यक्रमतर्फ केन्द्रित भएको भन्दै संघर्षका कार्यक्रम ल्याउन बाध्य भएको बताउनुभयो ।
संर्घषका कार्यक्रम अन्र्तगत भोली साउन २३ गते नगरभित्रका वडाहरुमा गई नगरपालिकाले गरेको गलत कार्यक्रमको जानकारी गराउदै जनमत संकलन गर्ने,वृद्धि भएको कर नर्तिन नगरबासीलाई आग्रह गर्ने,पर्सी २४ गते विहान १० बजे कर शाखामा सांकेतिक विरोध गर्ने,त्यस्तै २५ गते बिहान १० बजे नगरपालिकाको गेटमा उपस्थित भई कोणसभा गर्ने जनाएको छ ।
संर्घषका कार्यक्रम सार्वजनिक पत्रमा कांग्रेस नगर सभापति रुपनराज घिमिरे,राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल,नयाँशक्ती पार्टीका जनार्दन दुवाडी,राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्वर आचार्य,राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिकका गोविन्द अधिकारी,नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठाले हस्ताक्षर गरेका छन् ।
Monday, August 6, 2018
लक्की मिडिया हाउस चितवनले ग-यो अभिनेत्री गौरी मल्ललाई सम्मान
नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” र चितवनका युवा उधमी समाजसेवी रुविन रामुदामुले मल्ललाई सम्मान गरेका थिए । अभिनेत्री मल्ललाई सम्मान गर्न पाउदा खुशी लागेको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” ले बताए । चलचित्र सन्तानबाट चलचित्र क्षेत्रमा आएकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहना लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री मल्लको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ । श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभियनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ ।
Subscribe to:
Posts (Atom)
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा ...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...