Wednesday, July 18, 2018

सदन र सडक संघर्ष गर्ने कांग्रेस निर्णय


काठमाडौं, साउन १

बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । जस 
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरिनेछ ।  
पार्टी मुख्यालय सानेपामा आज बिहान पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गर्नुु भएको हो । जस अनुुसार साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गरिनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ । बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिबार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताउनुु भयो ।
अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उहाँले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुुपर्ने उल्लेख गर्नुभयो । 
चिकित्सा शिक्षाको बिरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिबस अबसरमा केन्द्र र जिल्लामा बिबिध कार्यक्रम गरी मनाइने भएको छ ।  

No comments:

Post a Comment