Wednesday, July 18, 2018

फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

चितवन, २ साउन । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
कलेज परिसरमा आज पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम अन्तर्गत यहि साउन ५ गते साइबर सेक्युुरिटी, साउन ११ गते गुरुपूर्णिमाको दिन चितवन र नवलपरासीका विभिन्न कलेज तथा स्कुलका प्राचार्यहरुलाई सम्मान, साउन १५ गते होटलका सेफ तथा म्यानेजरहरुलाई सम्मान लगायतका विशेष कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।

यस्तै हस्पिटालिटी म्यानेजमेन्ट अन्तर्गतका विद्यार्थीहरुको क्षमता वृद्धिसगैँ विभिन्न खानाका परिकारहरुलाई स्थापित गराउन फुड फेष्टिवल कलेज परिसरमा नै गरिने समेत गौतमले बताए ।
विगत एक बर्ष देखि संचालनमा रहेको यस फोब्र्स कलेजले १२ कक्षा उत्तिर्ण विद्यार्थीहरुको लागि ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट बि.एच.एम, ब्याचलर इन कम्प्युटर साईन्स नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युुरिटी तथा ज्ञानसुधा टेक्निकल कलेजसंग सहकार्य गर्दै  सिप मुलक शिक्षा प्रदान गर्दै आएको छ, भने कक्षा १० पास विद्यार्थीको लागि  सीपमुलक शिक्षा दिने उद्देश्यले शतप्रतिशत जागिरको अवसर सहित डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आर्ट्स लेबल ३ र ४ का कक्षाहरु पनि संचालन गरिरहेको कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।

कलेजले हालसम्म ६० भन्दा बढी विद्यार्थीहरुलाई विदेशका विभिन्न पाँचतारे होटलमा इण्टर्नसिप गराईरहेको छ । यस्तै सिपपछि रोजगारीको समेत सूनिश्चित गरेको कलेजको दावी छ । 

सदन र सडक संघर्ष गर्ने कांग्रेस निर्णय


काठमाडौं, साउन १

बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । जस 
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरिनेछ ।  
पार्टी मुख्यालय सानेपामा आज बिहान पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गर्नुु भएको हो । जस अनुुसार साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गरिनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ । बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिबार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताउनुु भयो ।
अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उहाँले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुुपर्ने उल्लेख गर्नुभयो । 
चिकित्सा शिक्षाको बिरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिबस अबसरमा केन्द्र र जिल्लामा बिबिध कार्यक्रम गरी मनाइने भएको छ ।