Tuesday, August 15, 2017

रत्ननगरका कृयाशिल दलले पोखे स्थानिय सरकारको कार्यशैली प्रती असन्तुस्टी

रत्ननगरमा कृयाशिल एमाले बाहेकका ९ दलले माओवादी केन्द्रका रत्ननगर नगर इन्चार्ज कंचन खनालको अध्यक्षतामा बैठक बसी रत्ननगरको स्थानिय सरकारका प्रमुख नारायण बन तथा उपप्रमुख बिमला दुवाडीलाई प्राकृतिक प्रकोप सम्बन्धमा तथा मतदाता नामावली अध्याबधिक सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण पत्र बुझाएका छन । श्रावण २८ र २९ गते मुलुकभर परेको अबिरल बर्षाका कारण भएको बाढीको प्रकोपले चितवन जिल्ला रत्ननगर नगर कार्यपालिकाका बिभिन्न वडाहरुमा पुर्याएको क्षती प्रती गम्भिर ध्यानाकर्षण प्रकट गर्दै दलहरुले स्थानिय सरकारको रुपमा तत्काल पीडित लाई राहत महसुस गराउने खालको ठोस र उदाहरणीय निर्णय गर्न सुझाब दिएका छन । सो का लागि पीडित हरुलाई एक बर्षको एकिक्रित सम्पत्ती कर मिनाहा गर्न दल हरुले सुझाएका छन । ध्यानाकर्षण पत्र माओवादी केन्द्र रत्ननगरका इन्चार्ज कंचन खनालले मेयर नारायण बनलाई हस्तान्तरण गर्नुभएको थियो । नेपाली कांग्रेस रत्ननगर नगर सभापति रुपनराज घिमिरेले ध्यानाकर्षण पत्र पढेर सुनाउनु भएको थियो ।
मतदाता नामावली अध्याबधिक गर्ने कार्यमा निर्वाचन कार्यालय लाई धन्यवाद प्रकट गर्दै दलिय आस्थाका आधारमा केही जनप्रतिनिधी बाट नागरिकको लोकतन्त्रमा आफ्नो मताधिकारलाई बन्चित गराउने कृयाकलाप प्रती आपत्ति प्रकट गरेका छन । केही स्थानिय सरकारका कर्मचारी समेत त्यसमा लाग्नु दु:खद र खेदपूर्ण रहेको आशय समेत दलहरुले ब्यक्त गरेका थिए ।



No comments:

Post a Comment