BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Monday, July 31, 2017
मैले बच्चाले बच्चा पाएको देखेको छु भन्छन चितवन जिल्ला जनस्वास्थ्य प्रमुख...
जिल्ला स्तरीय शिकाई आदान प्रदान कार्यक्रम
रत्ननगर । चेपाङ महिला
शशक्तिकरण कार्यक्रम अन्तर्गत साढे दुई बर्ष सम्म गरेका कामहरुको बारेमा एक
आर्कालाई जानकारी गराउन आइतवार सौराहामा जिल्ला स्तरीय शिकाई आदान प्रदान
कार्यक्रम गरिएको छ । डेक नेपाल सौराहाले सुरु गरेको चेपाङ महिला शशक्तिकरण
कार्यक्रमले गरेका कामहरुको उपलब्धी आदान प्रदान गरिएको हो । कार्यक्रममा
चेपाङ महिला पैरबी मञ्च कोराककी सचिव सृजना चेपाङ, पैरबी मञ्च
चण्डिभन्ज्याङकी अध्यक्ष धनमाया चेपाङ,पैरवी मञ्च शक्तिखोरकी अध्यक्ष
शान्ति चेपाङले परियोजना सुरु भएपछि चेपाङ महिलाहरुमा आएको परिर्वतनका
बारेमा बोलेका थिए । कार्यक्रममा डेक नेपालकी अध्यक्ष सिखा श्रेष्ठले
कार्यक्रम सञ्चालन भएपछि चेपाङ महिलाहरुमा चेतनाको स्तर बृद्धि भएको बताईन ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरमा प्रमुख डा.विजय कुमार
झाले चेपाङ बस्तीमा बच्चाले बच्चा जन्माउने प्रचलन अझै पनि कायम रहेको
भन्दै दुख व्यक्त गरे । चेपाङ महिला शशक्तिकरण कार्यक्रम अन्तर्गत चितवनका
साविक ६ वटा पहाडी गाविसमा चेपाङ महिला पैरबी मञ्च गठन गरी शशक्तिकरणको काम
गरिएको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए । ६ वटा पहाडी
गाविसमा ३० वटा पैरवी मञ्च गठन गरिएको थियो । पैरबी मञ्चमा ७५० जना चेपाङ
महिलाहरुलाई आबद्ध गराएर शशक्तिकरणको काम गरिएको कार्कीले जानकारी दिए ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी प्रमुख अतिथि रहेको सो
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका विकास श्रेष्ठ,जिल्ला कृषि विकास
कार्यालयका रामराज पौडेल,महिला तथा वालवालिका कार्यालयकी शोभा ढकाल,पैरबी
मञ्च काउलेकी अध्यक्ष होममाया चेपाङ,पैरबी मञ्च लोथरकी अध्यक्ष रिना
चेपाङ,पैरवी मञ्च सिद्धिकी अध्यक्ष अनिता चेपाङ लगायतले मन्तव्य राखेका थिए
। डेक नेपालकी अध्यक्ष सिखा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा
परियोजना सञ्चालनको अबधिभर सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुलाई
सम्मान गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
1. Aa Aa Meri Jaaniya (jhankar beats) - Kumar Sanu, Sapna Mukherjee - Aatish 2. Aankhon Mein Band Kar Loon (jhankar beats) - Amit Ku...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...
No comments:
Post a Comment