Monday, July 31, 2017

मैले बच्चाले बच्चा पाएको देखेको छु भन्छन चितवन जिल्ला जनस्वास्थ्य प्रमुख...



जिल्ला स्तरीय शिकाई आदान प्रदान कार्यक्रम
रत्ननगर । चेपाङ महिला
शशक्तिकरण कार्यक्रम अन्तर्गत साढे दुई बर्ष सम्म गरेका कामहरुको बारेमा एक
आर्कालाई जानकारी गराउन आइतवार सौराहामा जिल्ला स्तरीय शिकाई आदान प्रदान
कार्यक्रम गरिएको छ । डेक नेपाल सौराहाले सुरु गरेको चेपाङ महिला शशक्तिकरण
कार्यक्रमले गरेका कामहरुको उपलब्धी आदान प्रदान गरिएको हो । कार्यक्रममा
चेपाङ महिला पैरबी मञ्च कोराककी सचिव सृजना चेपाङ, पैरबी मञ्च
चण्डिभन्ज्याङकी अध्यक्ष धनमाया चेपाङ,पैरवी मञ्च शक्तिखोरकी अध्यक्ष
शान्ति चेपाङले परियोजना सुरु भएपछि चेपाङ महिलाहरुमा आएको परिर्वतनका
बारेमा बोलेका थिए । कार्यक्रममा डेक नेपालकी अध्यक्ष सिखा श्रेष्ठले
कार्यक्रम सञ्चालन भएपछि चेपाङ महिलाहरुमा चेतनाको स्तर बृद्धि भएको बताईन ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरमा प्रमुख डा.विजय कुमार
झाले चेपाङ बस्तीमा बच्चाले बच्चा जन्माउने प्रचलन अझै पनि कायम रहेको
भन्दै दुख व्यक्त गरे । चेपाङ महिला शशक्तिकरण कार्यक्रम अन्तर्गत चितवनका
साविक ६ वटा पहाडी गाविसमा चेपाङ महिला पैरबी मञ्च गठन गरी शशक्तिकरणको काम
गरिएको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए । ६ वटा पहाडी
गाविसमा ३० वटा पैरवी मञ्च गठन गरिएको थियो । पैरबी मञ्चमा ७५० जना चेपाङ
महिलाहरुलाई आबद्ध गराएर शशक्तिकरणको काम गरिएको कार्कीले जानकारी दिए ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी प्रमुख अतिथि रहेको सो
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका विकास श्रेष्ठ,जिल्ला कृषि विकास
कार्यालयका रामराज पौडेल,महिला तथा वालवालिका कार्यालयकी शोभा ढकाल,पैरबी
मञ्च काउलेकी अध्यक्ष होममाया चेपाङ,पैरबी मञ्च लोथरकी अध्यक्ष रिना
चेपाङ,पैरवी मञ्च सिद्धिकी अध्यक्ष अनिता चेपाङ लगायतले मन्तव्य राखेका थिए
। डेक नेपालकी अध्यक्ष सिखा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा
परियोजना सञ्चालनको अबधिभर सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुलाई
सम्मान गरिएको थियो ।

Thursday, July 20, 2017

३५ अौं वि पी स्‍मृति दिवसको अबसरमा आयोजित वृक्षारोपण कार्यक्रम

अन्तरघातीले गर्दा कांग्रेस हार्यो, तिनीहरुलाई ननिकाल्ने हो भने पार्टी सकिन्छ : देउबा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासन समिति बनाएर अन्तरघातीलाई कारबाही गर्ने बताएका छन् ।
अन्तरघातीलाई कारबाही नगर्ने हो भने कांग्रेस कहिल्यै ठूलो पार्टी बन्न नसक्ने उनको निष्कर्ष छ ।

प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै देउवाले पहिलो र दोस्रो चरणको चुनावमा पार्टीले व्यहोरको हारको विश्लेषण गरे । उम्मेदवार चयनमा भएको ढिलाई र अन्तरघातका कारण कांग्रेसले धेरै ठाउँमा चुनाव हार्नु परेको उनको निष्कर्ष छ ।
अन्तरघातकै कारण धेरै ठाउँमा डेढ दुई सय भोटले कांग्रेसका उम्मेदवारहरु हारेको भन्दै उनले अघि भने, ‘अब अनुशासन समिति बनाएर अन्तरघातीलाई पार्टीबाट निकाल्छु ।’
उनले अघि भने, ‘अन्तरघातीलाई कारबाही नगर्ने हो भने भोलि पनि अन्तरघात हुन्छ र पार्टी कहिल्यै ठूलो हुन सक्दैन ।’अनलाइनखबर बाट

नेपाल टेलिकमको ल्यान्डलाइन फोन प्रयोग गरिरहनुभएको छ? पाँच सेवा अब निशुल्क भए

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरुमा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको टेलिकमले जानकारी दिएको छ। ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ । त्यसैगरी आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुनेसुविधा पनि सोही मिति देखि निःशुल्क भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्ययले जानकारी दिइन्। त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क लिन सकिने भएको छ । टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने र अन्य सुविधा भने ग्राहकले आफै लिन सकिने टेलिकमले जनाएको छ।