Monday, June 29, 2015

Is Your Website Mobile Friendly Or Not ? How To Check ?


 On June 27 I got the male suggesting to check the websites or blogs that are mobile friendly or not.


 According to 21th April  Google update if your website is not mobile friendly it will not rank on mobiles or smart phones and statistics show that more people are going “mobile only”. That means it will affect your business
You can check the detail at below URL
http://googlewebmastercentral.blogspot.in/2015/04/faqs-april-21st-mobile-friendly.html
You can test your website if it is mobile friendly @ below URL.
https://www.google.com/webmasters/tools/mobile-friendly
 
With above help i checked my blogs and find they are mobile friendly.







Tuesday, June 16, 2015

एस एल सि नतिजा छिट्टै, हेर्ने तरिका के

             परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गत बर्ष जेष्ठ ३० गते प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस बर्ष बैशाख १२ गतेको भुकम्प र पराकम्पनका कारण प्राबिधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलाई भएको बताएको हो ।
               कार्यालयले यस बर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारीमा लागेको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर द्वारेले ढिलोमा असारको पहिलो सतासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लाएको बताउनुभयो ।  
          उहाँले अती गोप्य कामहरु भईरहेको जानकारी दिदै यि काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । परीक्षा गत चैत्र ५ गतेदेखी १३ गते सम्म सन्चालन भएको थियो ।
         यस बर्ष देखी सुरु भएको प्राबिधिक तर्फको प्रबेशिकाको नतिजा असारको दोश्रो साता मात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भन्नुभयो "प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यस्को एक सातापछी मात्रै प्राबिधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।"
        प्राबिधिक बिषयको ९९ बिद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशीत गर्ने भएकाले १ साता ढिलो हुने भएको उहाको भनाइ छ ।
          यस बर्षको परीक्षामा कुल ५ लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन जस्मा नियमित तर्फ छात्र २ लाख १२ हजार ५०४ र छात्रा २ लाख १३ हजार ७१० गरी कुल ४ लाख २६ हजार २१४ जना तथा एक्जाम्टेड तर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कुल १ लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिनुभयो ।
        
यस बर्ष सुरु गरिएको प्राबिधिक तर्फ भने छात्र २ हजार ३७ जना र छात्रा तर्फ १ हजार २५१ जना गरी ३ हजार २८८ जना परीक्षामा सहभागी भएका छन ।

ग्यास्ट्रिकको अचुक घरेलु औषधी

           भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज । अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ । मसालेदार,तारेभुटेको,चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ ।
नआतिनुहोस् मैले आँफैले प्रयोग गरेर पाएको फाईदा यहाँहरु समक्ष् बाड्दै छु । जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो । हो यही हो यो रोग को औषधी ।


         जुवानो सुत्केरी अवस्थामा सुत्केरी लाई मात्र खुवाउने चिज होइन रहेछ । यो त पाचक रहेछ, त्यही भएर त्यो बिग्न सुत्केरी अवस्थाको चिल्लो पचाउने काम गर्दो रहेछ यस्ले । 

   अब औषधी बनाउने बिधी सिकौं ।


एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाउ । यही अनुपातमा आफुलाई चाइने मात्रामा यो तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ । जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान शौच खलास हुन्छ । 

Monday, June 15, 2015

काखी गनाउने समस्याको सजिलो घरेलु उपचार

            काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा बोध पनि हुन्छ ।

   पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ  । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।
 आउनुहोस् म आँफैले ब्यक्तिगत भोगेको समस्या बाट पाएको छुटकारा यहाँहरु समक्ष बाँड्छु ।
दैनिक यथारुपले नित्य नुहाउने गरौं । नुहाइ सकेपछी राम्रो सँग टावलले शरीर पुछौ । ठीक्क हातमा लिने मिल्ने फिट्किरीको टुक्रा आफ्नो काखीमा हल्का केही बेर करीब आधा सेकेन्ड दुबै काखीमा दलौ । बस यही हो समाधान । छैन त सजिलो । हरेक दिन यही प्रकृया दोहोर्याउ । 

Monday, June 1, 2015

गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाइयो

गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाइयो जेठ १८ गते मंगलपुरमा रहेको गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाईएको छ ।१५ औ विश्व दुग्ध दिवसको अवसरमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले केन्द्रमा आश्रित बालबालिकाहरुलाई दुध,दहि ,विस्कुट खुवाएको हो । केन्द्रिय दुग्ध उत्पादक सहकारीका केन्द्रिय सदस्य एवम अमृतधारा दुग्ध उत्पादक सस्थाका लिमिटेड रत्ननगर १ का अध्यक्ष एकनारायण पौडेलको प्रमुख आतिथ्यता एवम जिल्ला पशु सेवा कार्यालयका डा.राम कुमार कार्की,रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवम अभियान टेलिभिजनका प्रवन्ध निदेशक वेद प्रसाद आचार्य,केन्द्रिय दुग्ध उत्पादक सहकारीका केन्द्रिय सदस्य एवम अन्नपूर्ण दुग्ध उत्पादक संहकारी सस्था लि.का अध्यक्ष हरिहर सुवेदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले दुधको मुल्यमा भएको गिरावट र खपत नभई उत्पादन खेर गईरहेको परिप्रेक्ष्य समेतलाई सबै पक्षबाट सम्बोधन गरि दुध पूर्ण पौष्ट्रि««्रक तत्वको रुपमा रहेकोले अमृत सरह रहेको दुधको सदुपयोगिता र महत्वलाई ध्यान दिनु पर्ने बताउनुभयो । जिवनधारा दुग्ध दुग्ध उत्पादक संहकारी सस्था लि.का अध्यक्ष तिलकराज शर्मा पौडेलको संयोजकत्वमा भएको उक्त कार्यक्रममा डा. राम कुमार कार्कीले नगद रु २५ सय ,खगराज पाठकले रु १ हजार व्यक्तिगत रुपमा संरक्षण केन्द्रको सर्बद्धनका लागी सहयोग गर्नुभएको थियो ।केन्द्रका प्रमुख केपि किरण शर्माले स्वागत गदै पवित्र भावनाले पिछडिएका चेपाङ बालबालिकालाई उज्जवल भविष्य दिनका लागी केन्द्रले सवैको सहयोग लिदै कार्य गरिरहेको बताउदै अरुको सहयोगबाट नै सन्चालन हुने यस केन्द्रको दिगो विकासमा सबै क्षेत्रको सहयोग प्राप्त भइरहेकोमा खुसी व्यक्त गदै आगामी दुई वर्ष भित्र १ हजार चेपाङ बालबालिकालाई संरक्षण गर्ने योजना रहेको बताउनुभयो ।संघका सचिव लोकनाथ सापकोटाले सन्चालन गर्नुभएको कार्यक्रमका संयोजक तिलकराज शर्माले सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।