बैशाख १५, बुधवार
रत्ननगर , चितवन
बिपिन शर्मा आचार्य
BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
बैशाख १५, बुधवार
रत्ननगर , चितवन
बिपिन शर्मा आचार्य
बैशाख १५, बुधवार
नारायणगढ, चितवन
बिपिन शर्मा आचार्य
स्थानिय तहको निर्वाचन २०७४ मा रत्ननगर नगरपालिकाको वडा नं १६ बाट माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले लामिछानेलाई आफ्नो पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता रसिद हस्तान्तरण गरेका छन ।
नव प्रवेशी लामिछानेले कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एक आपसको झगडाले आँफुलाई लज्जित तुल्याएको बताए । कम्युनिष्ट पार्टीको एकता र स्थायित्वको सरकार बनेपछी मुलुक बिकासको बाटोमा तिव्र गतिले अघी बढ्ला भन्ने आम जनताको इच्छामा तुषारापात भएको एवं यो व्यवस्था स्थापना गर्न बलिदानी गरेका शहीदको सपनामा गद्दारी भएको आँफुलाई महशुस भएको बताएका छन । लामो ईतिहास बोकेको र नेपाली जनतालाई आजका मिती सम्म धोका नदिएको नेपाली कांग्रेसलाई आँफुले अंगाल्न पाँउदा निक्कै खुशी लागेको बताए । अब आफु दृढताका साथ मुलुकको समृधीका लागि यही पार्टिले अंगिकार गरेको सिद्धान्त अनुरुप समाहित हुने प्रण पनि गरे ।
नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, सह सचिव सुर्य अर्याल, रत्ननगर नगर सभापति रुपनराज घिमिरे, रत्ननगर १४ का पार्टी सभापति कमलनाथ अधिकारी, रत्ननगर १६ का पार्टी सभापति नेत्रप्रसाद घिमिरे एवं पुर्व महासमिती सदस्य तथा पार्टीका अग्रज जयन्तकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उमेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्षसमेत हुन् । महासंघ चितवनकका वर्तमान अध्यक्षसँगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना बिमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिमलगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसकेका छन् ।
दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका अधिकारी चितवनको पत्रकारितामा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । भरतपुर-११ निवासी अधिकारीले केही सञ्चार माध्यममा सफल व्यवस्थापकीय जिम्मेवारी पूरा गरिसककेका छन् । उनी हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादक भएर काम गरिसकेका छन् ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उमेदवार घोषणा गरिएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई ऐक्यबद्ध बनाउन सक्ने बताए ।
युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आह्वान् गरे । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जीत सुनिश्चित रहेको बर्ताए ।
महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाई मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई उमेदवार बनाइएकोमा खुसी व्यक्त गरे । युनियन चितवनका सल्लाहकार पूर्णप्रसाद शर्मा, फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार ईश्वर जोशी, युनियनका पूर्वकेन्द्रीय सदस्य शारदा पौडेलले नारायणप्रसाद अधिकारीलाई जिताउन चितवनका पत्रकार एकजुट हुन आह्वान् गरे ।
अधिकारी अध्यक्ष भएका बेला प्रेस युनियन चितवनले पत्रकारहरुका संघ-संगठनकै पहिलो भवन बनाउने भूमिका निर्वाह गरेका थिए । समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको बसेनीको जग्गामा करिब ६० लाख रुपैयाँ सहयोग जुटाएर प्रेस युनियन चितवनको भवन बनाउने कामको अगुवाइ गरेका थिए ।
प्रेस युनियन चितवनले जिल्लाका अन्य पत्रकार संगठनलाई नारायणप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने गरी सहकार्य गर्नसमेत आह्वान गरेको छ ।
रामु आचार्य
फागुन ८, रत्ननगर :
तेलको भाउ लगातार बढिरहदा पनि भाडामा वृद्धि नभएको साथै यात्राको क्रममा ट्राफिक प्रहरीले अनावश्यक दुर्व्यहार गरेको भन्दै पिकअप गाडी आन्दोलनमा उत्रिएका छन् । चितवन, धादिंग, नवलपुर, मकवानपुर, काठमान्डू, पोखरा, बाग्लुंग लगाएतका स्थानमा संचालन हुने पिकअप गाडीहरुको उपस्थितिमा रत्ननगरको टिकौली चौरमा २ दिन सम्म प्रदर्शन गरिएको थियो ।
पिकअपका चालकहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिने गरेको चालकहरुको गुनासो थियो । ट्राफिक प्रहरीले दोश्रो दर्जाको नागरिक सरह दु:ख दिएको, एकै टिपमा २ ठामका छुट्टाछुट्टै ट्राफिकले चिट काट्ने गरेको, लेबर बोक्दा किन मान्छे हालिस भनि जरिवाना गराउने गरेको, भारतीय गाडिले टनका टन तरकारी बोकेर आउदा खानतलासी नलिने तर किसानको बारीमा फलेको तरकारीको अनलाईन बिल माग्ने, बिल नदिए १५ सय सम्म घुस माग्ने र घुस नदिए गाडी रोकेर राखिदिने गरेको चालकहरुको गुनासो छ । त्यस्तै पिक अप गाडीहरुलाई दु:ख दिने उद्धेश्यले आपटारिमा काँटा राखी मनलाग्दी रुपमा ओभरलोड शुल्क लिनुले सरकारले आफ्नै देशमा बसेर काम गर्न चाहने युवा शक्तिलाई बेवास्ता गरेको प्रष्ट भएको सहभागीहरुको गुनासो छ ।
आन्दोलनमा उत्रिएका चालक तथा संचालकहरुले मिलेर एक समिति पनि गठन गरेका छन् । सो भेलाले “साना तथा मझौला पिकअप व्यवसायी संघ” नामाकरण गरि कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा खगेश्वर पाण्डे चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा तस्बिर थिङ्क, सचिव प्रविन श्रेष्ठ, कोषाध्यक्षमा नारायण सुबेदी त्यस्तै सदस्यहरुमा प्रकाश महतो, मोहम्मद मोजाहित र रहिस अन्सारी चयन भएका छन् । यो समितिले समग्र पिकअप गाडीको हितको लागि कार्य गर्ने अध्यक्ष खगेश्वर पाण्डेले बताएका छन् ।
चितवन। भरतपुरका संस्थापक पूर्व प्रधानपन्च स्वर्गीय सूर्यप्रसाद पन्तको स्मृतिमा बुधबार पुस्तक बिमोचन गरिएको छ । स्वर्गीय पन्तको ५१औ पुण्यतीथिमा भरतपुरमा सुर्य स्मारिका ग्रन्थको बिमोचन गरिएको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा पार्वती रावल र बिशिस्ठ अतिथी बाग्मती प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल रहनु भएको थियो ।
कार्यक्रममा रावलले स्वर्गीय पन्तको योगदानको चर्चा गर्दै पन्तले समाजमा पुर्याएको योगदानबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । अग्रजहरुको कामको मुल्यांकन गर्नुपर्ने बताउदै रावलले भरतपुरको विकासमा गरेको उहांँको उल्लेखनीय भुमिका सधैंभर सम्झनालायक रहेको बताउनुभयो । विकासका संवाहक पन्तले अहिलेको भरतपुर क्षेत्रलाई यहाँ सम्म ल्याईपुर्याउन गर्नुभएको योगदान कसैले पनि बिसर्ने नहुने रावलको भनाई थियो ।
विशिष्ट अतिथी कृष्ण भुर्तेलले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भरतपुर नगरको विकासमा उहांँको योगदान अनुकरणीय रहेको बताउनुभयो । भरतपुरको विकासको लागि सधै चिन्ता व्यक्त गर्ने पन्त मुल्यांकन गर्दै अवका विकास प्रेमीले पाठ सिक्नुपर्ने भुर्तेलको भनाई थियो । कार्यक्रममा विमोचित ग्रन्थ सुर्य स्मारिका ग्रन्थका सम्पादक ऋषिकेश घिमिरेले स्वर्गीय पन्तको विगत र वर्तमानको विषयमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ अध्यक्ष दामोदर न्योपानेले स्वर्गीय पन्तले देखाएको विकासवादी बाटो सबैको प्रेरणाको श्रोत रहिरहने बताउनु भयो । कार्यक्रममा स्वर्गीय पन्तका नाती रेगन पन्त , परिवार लगायत आफन्तले उहाँको संस्मरण गर्नु भएको थियो । कार्यक्रममा स्वर्गीय पन्तका छोराहरु भवानी पन्त , राजु पन्त लगायत पन्त परिवार र आफन्तजन लगायत विभिन्न सामाजिक अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रम स्वर्गीय सुर्य प्रसादकी धर्मपत्नी मिनकुमारी पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।