Sunday, March 21, 2021

अधिकारीलाई पत्रकार महासंघको चुनावमा अध्यक्षको उमेदवार घोषणा

भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उमेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।


 

अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्षसमेत हुन् । महासंघ चितवनकका वर्तमान अध्यक्षसँगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना बिमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिमलगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसकेका छन् ।


 

दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहेका अधिकारी चितवनको पत्रकारितामा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । भरतपुर-११ निवासी अधिकारीले केही सञ्चार माध्यममा सफल व्यवस्थापकीय जिम्मेवारी पूरा गरिसककेका छन् । उनी हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादक भएर काम गरिसकेका छन् ।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उमेदवार घोषणा गरिएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाई ऐक्यबद्ध बनाउन सक्ने बताए ।

युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नयाँ नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आह्वान् गरे । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जीत सुनिश्चित रहेको बर्ताए ।

महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाई मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई उमेदवार बनाइएकोमा खुसी व्यक्त गरे । युनियन चितवनका सल्लाहकार पूर्णप्रसाद शर्मा, फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार ईश्वर जोशी, युनियनका पूर्वकेन्द्रीय सदस्य शारदा पौडेलले नारायणप्रसाद अधिकारीलाई जिताउन चितवनका पत्रकार एकजुट हुन आह्वान् गरे ।

अधिकारी अध्यक्ष भएका बेला प्रेस युनियन चितवनले पत्रकारहरुका संघ-संगठनकै पहिलो भवन बनाउने भूमिका निर्वाह गरेका थिए । समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको बसेनीको जग्गामा करिब ६० लाख रुपैयाँ सहयोग जुटाएर प्रेस युनियन चितवनको भवन बनाउने कामको अगुवाइ गरेका थिए ।

प्रेस युनियन चितवनले जिल्लाका अन्य पत्रकार संगठनलाई नारायणप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने गरी सहकार्य गर्नसमेत आह्वान गरेको छ ।

 

भाडा वृद्धिको माग र ट्राफिक प्रहरीको दुर्व्यवहारको विरोध गर्दै पिकअप गाडी आन्दोलनमा : बन्यो संचालक समिति

 

रामु आचार्य


फागुन ८, रत्ननगर :

तेलको भाउ लगातार बढिरहदा पनि भाडामा वृद्धि नभएको साथै यात्राको क्रममा ट्राफिक प्रहरीले अनावश्यक दुर्व्यहार गरेको भन्दै पिकअप गाडी आन्दोलनमा उत्रिएका छन् । चितवन, धादिंग, नवलपुर, मकवानपुर, काठमान्डू, पोखरा, बाग्लुंग लगाएतका स्थानमा संचालन हुने पिकअप गाडीहरुको उपस्थितिमा रत्ननगरको टिकौली चौरमा २ दिन सम्म प्रदर्शन गरिएको थियो ।

 


पिकअपका चालकहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिने गरेको चालकहरुको गुनासो थियो । ट्राफिक प्रहरीले दोश्रो दर्जाको नागरिक सरह दु:ख दिएको, एकै टिपमा २ ठामका छुट्टाछुट्टै ट्राफिकले चिट काट्ने गरेको, लेबर बोक्दा किन मान्छे हालिस भनि जरिवाना गराउने गरेको, भारतीय गाडिले टनका टन तरकारी बोकेर आउदा खानतलासी नलिने तर किसानको बारीमा फलेको तरकारीको अनलाईन बिल माग्ने, बिल नदिए १५ सय सम्म घुस माग्ने र घुस नदिए गाडी रोकेर राखिदिने गरेको चालकहरुको गुनासो छ । त्यस्तै पिक अप गाडीहरुलाई दु:ख दिने उद्धेश्यले आपटारिमा काँटा राखी मनलाग्दी रुपमा ओभरलोड शुल्क लिनुले सरकारले आफ्नै देशमा बसेर काम गर्न चाहने युवा शक्तिलाई बेवास्ता गरेको प्रष्ट भएको सहभागीहरुको गुनासो छ ।

आन्दोलनमा उत्रिएका चालक तथा संचालकहरुले मिलेर एक समिति पनि गठन गरेका छन् । सो भेलाले “साना तथा मझौला पिकअप व्यवसायी संघ” नामाकरण गरि कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा खगेश्वर पाण्डे चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा तस्बिर थिङ्क, सचिव प्रविन श्रेष्ठ, कोषाध्यक्षमा नारायण सुबेदी त्यस्तै सदस्यहरुमा प्रकाश महतो, मोहम्मद मोजाहित र रहिस अन्सारी चयन भएका छन् । यो समितिले समग्र पिकअप गाडीको हितको लागि कार्य गर्ने अध्यक्ष खगेश्वर पाण्डेले बताएका छन् ।

Thursday, March 11, 2021

स्वर्गीय पूर्व प्रधानपञ्च पन्तको स्मृतिमा ‘सुर्य स्मारिका ग्रन्थ’ को विमोचन

 चितवन। भरतपुरका संस्थापक पूर्व प्रधानपन्च स्वर्गीय सूर्यप्रसाद पन्तको स्मृतिमा बुधबार पुस्तक बिमोचन गरिएको छ । स्वर्गीय पन्तको ५१औ पुण्यतीथिमा भरतपुरमा सुर्य स्मारिका ग्रन्थको बिमोचन गरिएको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा पार्वती रावल र बिशिस्ठ अतिथी बाग्मती प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल रहनु भएको थियो ।


 

 कार्यक्रममा रावलले स्वर्गीय पन्तको योगदानको चर्चा गर्दै पन्तले समाजमा पुर्याएको योगदानबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । अग्रजहरुको कामको मुल्यांकन गर्नुपर्ने बताउदै रावलले भरतपुरको विकासमा गरेको उहांँको उल्लेखनीय भुमिका सधैंभर सम्झनालायक रहेको बताउनुभयो । विकासका संवाहक पन्तले अहिलेको भरतपुर क्षेत्रलाई यहाँ सम्म ल्याईपुर्याउन गर्नुभएको योगदान कसैले पनि बिसर्ने नहुने रावलको भनाई थियो । 


 

विशिष्ट अतिथी कृष्ण भुर्तेलले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भरतपुर नगरको विकासमा उहांँको योगदान अनुकरणीय रहेको बताउनुभयो । भरतपुरको विकासको लागि सधै चिन्ता व्यक्त गर्ने पन्त मुल्यांकन गर्दै अवका विकास प्रेमीले पाठ सिक्नुपर्ने भुर्तेलको भनाई थियो । कार्यक्रममा विमोचित ग्रन्थ सुर्य स्मारिका ग्रन्थका सम्पादक ऋषिकेश घिमिरेले स्वर्गीय पन्तको विगत र वर्तमानको विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ अध्यक्ष दामोदर न्योपानेले स्वर्गीय पन्तले देखाएको विकासवादी बाटो सबैको प्रेरणाको श्रोत रहिरहने बताउनु भयो । कार्यक्रममा स्वर्गीय पन्तका नाती रेगन पन्त , परिवार लगायत आफन्तले उहाँको संस्मरण गर्नु भएको थियो । कार्यक्रममा स्वर्गीय पन्तका छोराहरु भवानी पन्त , राजु पन्त लगायत पन्त परिवार र आफन्तजन लगायत विभिन्न सामाजिक अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रम स्वर्गीय सुर्य प्रसादकी धर्मपत्नी मिनकुमारी पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।

अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा आयो चितवन कोल्ड स्टोरेज

 

चितवन। चितवनको भरतपुर–९ आस्थाचोकमा रहेको शीत भण्डार अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा ल्याईएको छ । २०६३सालदेखि बन्द रहेको शीतभण्डार फागुन १० गतेदेखि सञ्चालनमा आएको हो ।


 

चितवनका ५ जना यूवाहरु मिलेर सञ्चालन ल्याएको शीत भण्डारमा २ हजार टन कृषि उपजका सामाग्री भण्डारण गर्न सक्ने क्षमता रहेको छ । स्थानीय कृषि उपज तथा अन्य जिल्लाका उत्पादनहरुलाई लक्षित गरी शीतभण्डार सञ्चालनमा ल्याईएको स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषक उपजले उचित मूल्य प्राप्त गर्ने लक्ष्यसहित शीत भण्डार बनाएका हौं ।” सञ्चालक श्रेष्ठले भने। उनका अनुसार अहिले आलु, प्याज, गाँजर, सुन्तला, कागती, स्याऊ लगायतका कृषिजन्य वस्तुको भण्डार गर्न थालिएको छ । २०४६सालमा स्थापना भएको शीतभण्डारलाई १५ करोड रुपैयाँ खर्चिएर पुनः सञ्चालनमा ल्याईएको श्रेष्ठले बताए ।

शीतभण्डारलाई अत्याधुनिक प्रविधि अनुसार कुलिङको व्यवस्था गरिएको छ ।उत्पादनमा बृद्धि भएका बेला कृषकले कृषिउपज भण्डारण गर्दा उपजको खेर नगई उचित मुल्य समेत पाउने श्रेष्ठको भनाई छ ।चितवन कोल्ड स्टोरेज नाम दिएर सञ्चालनमा ल्याईको शीत भण्डारमा केही समयपछि माछा, मासुको पनि भण्डारण गर्न लागिएको छ । जसअनुसार शीत भण्डार मल्टी च्याम्बर प्रविधिबाट निर्माण गरिएको छ ।

चितवनमा ३ वटा शीत भण्डार सञ्चालनमा छन् । तर, चितवनको पुरानो र ठुलो शीत भण्डार चितवन कोल्ड स्टोरेज रहेको श्रेष्ठको भनाई छ । जिल्लामा १०देखि १२ हजार टन क्षमताको शीतभण्डारको माग र आवश्यकता रहेको उनले बताए । शीत भण्डार पुर्णरुपमा सञ्चालनमा आएपछि उत्पादन खेर नजाने र उपभोक्ताले पनि सहुलियत मुल्यमा खरीद गर्न सक्नेछन । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानहरुले भण्डारणका लागि कृषि उपज ल्याउने गरेको उनले बताए कृषकहरूले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा धेरै रकम खर्च गर्न नपरोस भन्ने हेतुले शीत भण्डार सञ्चालनमा ल्याईएको हो । यसका साथै कृषकले आफ्ना उत्पादन थोरै रकम खर्च गरी अधिकतम लाभ लिन सक्ने श्रेष्ठको तर्क छ ।

Wednesday, March 10, 2021

Happy Mahashivratri 2021: Best Wishes, Quotes, Images, Wallpapers, Facebook Status and WhatsApp Messages

 

Mahashivratri brings happiness, prosperity, and success in life and Lord Shiva bestows his blessings on everyone. If you are away from your loved ones on this auspicious day, here are the best wishes, quotes, HD Wallpapers, Facebook status and WhatsApp messages to send them. 


 

One of the most important Hindu festivals -- Mahashivratri 2021, is on March 11th. On this day, married and unmarried women observe fast for a happy married life and please Lord Shiva by offering milk, fruits, and other things. The day is considered to be very auspicious and it is said that all the wishes come true if you pray to the Lord wholeheartedly. The day comes with a number of mythological stories. While some Puranas suggest that on this day, Lord Shiva drank poison to save the earth which made his throat blue, others believe that this day marks the wedding of Lord Shiva and Goddess Parvati.

This day brings happiness, prosperity, and success in life and Lord Shiva bestows his blessings on everyone. If you are away from your loved ones on this auspicious day, here are the best wishes, quotes, HD Wallpapers, Facebook status and WhatsApp messages to send them.

Mahashivratri 2021 Wishes and quotes

May Lord Shiva give power and strength to everyone facing difficulties. Wishing you and your family happy mahashivratri

This Maha Shivratri, may Lord Shiva destroy all your sorrow and eliminate all the troubles to help you lead a happy and healthy life.

May the glory of the divine Shiva, remind us of our capabilities and help us attain success. Jai Shiva Shankar.

Experience the mystical beauty on the auspicious night of Maha Shivratri and feel Lord Shiva's divine presence. Here's wishing you and your family ahead of Maha Shivratri.

May Shiva bless you with good health, happiness and prosperity

Discover your hidden potential and the inner self as you meditate on the thought of reaching closer to Lord Shiva on the occasion of Maha Shivratri.

May all your wishes come true, and hope Lord Shiva’s blessings  remain with you always

May Bhole Nath guide you and your family all your life! Sending you my best wishes on the special ocassion of Maha Shivaratri

May the choicest blessings of Lord Shiva bring happiness, peace, good health, wealth, prosperity and harmony to your life. Happy Maha Shivratri.