Saturday, November 27, 2021

एनप्लस प्रोफेसनलका ६ वटा नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । नन्दीनी हर्वलले आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो ।  

 


 केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनुभयो । 

 सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नुभयो । उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो ।

 उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम्बासडर बिना श्रेष्ठले बताउनु भयो । नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन् ।

 नयाँ सौन्दर्य सामाग्री सार्वजनिक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गाएक आनन्द कार्की, धिरज राई गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत चर्चित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

कोरोनाले थिलो पारेको चलचित्र क्षेत्र उठाउन “प्रिमियर शो” गर्दै लक्की मिडिया हाउस

चितवन चितवन । कोरोना महामारीले प्राय सबै क्षेत्रमा असर गर्यो । यसबाट सबै भन्दा बढी मारमा पर्ने क्षेत्र चलचित्र रहयो । दोस्रो लकडाउन पश्चात पनि अरु व्यवसाय खुले तर चलचित्र क्षेत्रमा अझै सोचे जस्तो प्रगति हुन सकिरहेको छैन ।  


 

 निर्माता निर्देशकहरु प्रदर्शनको तयारीमा रहेका चलचित्रलाई समेत प्रदर्शन गर्न डराइरहेका छन् । लगानी उठाउन हम्मे पर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको अवस्था छ । यस्तो समयमा मोफसलकै चर्चित लक्की मिडिया हाउसले “प्रिमियर शो” गर्ने भएको छ ।

 दर्शकको उपस्थिति कस्तो हुने हो भन्ने हलवालाहरुलाई नै चिन्ता भइरहेका बेला प्रिमियर शो गर्नु आफै पनि मुस्किल काम हो । तर लक्की मिडिया हाउसले चलचित्र क्षेत्रकै उत्थानका लागि उक्त प्रिमियर शो गर्ने भएको हो । “कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले प्रिमियर शो आट्यौं ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

 लक्की मिडिया हाउसले चलचित्र 'चपली हाइट ३' को प्रिमियर शो गर्ने भएको हो । पौष १ गते साँझ ६ बजे क्युएफएक्स जलमा सिनेमा हलमा प्रिमियर शोको आयोजना गरिएको छ । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको लक्कीले जानकारी गराएका छन् । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ,अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जिबन भट्टराई र सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।

Monday, November 22, 2021

"लक्की सांगितिक सांँझ" हुने

पुष १५ गते भरतपुरमा हुंँदै चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले यही आउंँदो पुष १५ गते भरतपुरमा लक्की सांगितक सांँझ गर्ने भएको छ । कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रर्वद्धन गर्ने हेतुले मिडिया हाउसले ‘लक्की सांगितिक सांँझ २०७८’ गर्न लागेको हो ।


 

 मौलिक पर्वको रुपमा मानिदै आएको पुषे १५ को अवसर पारेर सांगितिक सांँझ आयोजना गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चर्चित कलाकार तथा गायक, गायिकाको साथमा सांगितिक सांँझ गर्न लागिएको छ । सांँगितिक सांँझको लागि तयारी प्रक्रिया शुरु भईसकेको उनले बताए । नेपाली कला संस्कृतिलाई संरक्षण र जगेर्ना गर्ने उद्धेश्यसहित भरतपुरमा सांगितिक सांँझ गर्न लागिएको हो ।


 

 सांगितिक सांँझका साथै सांगितिक अवार्ड कार्यक्रम समेत राखिएकोले यस क्षेत्रलाई थप हौसला र उत्साह थपिने मिडियाका हाउसका निर्देशक हेमन्त केसी "हरि"ले बताए । ‘यो साँंझलाई हामीले सांँगितिक क्षेत्रको उत्सवको रुपमा लिएका छौं, निर्देशक केसीले भने, यस्ता कार्यक्रमले कलाकारिता क्षेत्रमा केही टेवा मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’काठमाडौंको एक सांगितिक संस्था संँग सहकार्य गर्दै अब छिट्टै नै सांँगितिक अवार्ड गर्ने तयारीमा रहेको केसीको भनाई छ । 

 स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

‘एनप्लस प्रोफेसनल’ का सौन्दर्य सामाग्रीहरु नेपाली बजारमा


काठमाडौं। सौन्दर्य साधनको प्रख्यात ब्राण्ड एनप्लस प्रोफेसनल नेपालमा पनि बिक्री वितरण सुरु गरेको छ । यस सौन्दर्य सामाग्रीलाई भारतीय कम्पनी नन्दिनी हर्वल केयरप्राईभेट लिमिटेडले उत्पादन गरेको हो । 


 

 एनप्लस प्रोफेसनलका सामाग्री भारतका बिभिन्न शहरमा मात्र नभई यूएई, बंलादेश, भुटान, श्रीलंका, माल्दीभ्स लगायतका देशहरुमा पनि उपलब्ध छ । स्वदेशमा मात्र नभई बिदेशमा समेत एनप्लसका सौन्दर्य सामाग्रीहरु धरैले रुचाईएकोले नेपालमा पनि यसको बिक्री वितरण सुुरु गरिएकोे कम्पनीका प्रबन्ध निर्देशक हितेस लिम्बानीले बताउनुभयो ।

 नेपालका लागि क्षेत्रिय बिक्री प्रवन्धक पदम शर्माले देशका प्रमुख जिल्लाहरुमा एनप्लसका सौन्दर्य सामाग्री सहजै पाउने गरी बजार ब्यबस्थापनमा जोड दिएको बताउनुभयो । नन्दिनी हर्वल केयर प्राईभेट लिमिटेडको ब्राण्ड एम्बासडर बिना श्रेष्ठले यस सामाग्रीको प्रचार प्रसारका लागि आफनो तर्फबाट सक्ने प्रयास गर्ने बताउनुभयो । नन्दिनी हर्वल प्राईभेट लिमिटेडले हाल अनुहार, छाला तथा कपालका बिभिन्न सामाग्री उत्पादन गर्दै आएको छ । एनप्लस ह्वाईटिङक्रिम, नाईट क्रिम, पिल फर स्कीनलाई टिङ एण्ड ह्वाईटिङ, हाईपिगमिन्टेशन, न्युटिराईजर, फेसियलक्रिम, डिपिगमिन्टेशन, अनियन स्याम्पो, अनियनवईल, सन स्कृम लोशन, फेस सिरम,टोनर लगायतकाबिभिन्न सौन्दर्यका सामाग्री उपलब्ध छ ।