Saturday, February 20, 2021

नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न

०८ फागुन, रत्ननगर

नेपाल शिक्षक संघ रत्ननगर कार्यसमितिका अध्यक्ष नारायण पौडेल को अध्यक्षता सम्पन्न उक्त प्रतिनिधि सभाको बैठकमा नेपाल शिक्षक संघ संघीय कार्यसमिति का महासचिव सोमनाथ गिरिको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक संघ संघीय समिति का सदस्य प्रेम प्रसाद पौडेल ,नेपाल शिक्षक संघ प्रदेश समितिका उपाध्यक्ष नेत्र प्रसाद घिमिरे,नेपाली काङ्ग्रेस रत्ननगर का सभापति रुपनराज घिमिरे,रत्ननगर नगरपालिका का शिक्षा अधिकारी बद्री नारायण भट्टराई लगायतले शुभ कामना मन्तब्य राख्नुभयेको थियो ।


 

उक्त कार्यक्रममा नेपाल शिक्षक संघ ,महासङका विभिन्न तह र तप्कामा रहनुहुने पदाधिकारी ज्युहरु,विभिन्न बिधालय का प्रधानाध्यापक ज्यु हरु,बिधालय सयोजक ज्युहरु,एबम नेपाल शिक्षक संघमा आबद्ध तमाम साथीहरूको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक को तर्फ बाट बैरिया माबि का प्राचार्य युबराज शर्मा पौडेल ,विद्यालय संयोजकका तर्फबाट बकुलहर मा बि का बिधालय संयोजक बलराम दाहाल संघीय प्रतिनिधि मैयाँ के शि ज्युले शुभ कामना मन्तब्य राख्नु भयेको थियो ।


 

उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञान प्रसाद पौडेल ले स्वागत मन्त्ब्य राख्नु भयेको थियो भने कार्यक्रमको उदघोसन सचिब केशवराज पान्डे ले गर्नु भयेको थियो ।


 

 
उक्त कार्यक्रममा सेवा निबृत शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।































 

Wednesday, February 17, 2021

लक्की मिडिया हाउसको बार्षिकोत्सवमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान

 

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो ।
 

 
 नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की "लक्की" बताएका छन् । बार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मान गरिएको छ । 

 
 
 कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ , नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी लगायत उद्योगी व्यवसायी, नेताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

Tuesday, February 16, 2021

श्रीपञ्चमीको अवसरमा स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो बालबालिकालाई अक्षराम्भ

चितवन । स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकाहरुलाई अक्षर आरम्भ गराएको छ ।


 

मंगलबार श्रीपञ्चमीको अवसर पारेर भरतपुर -११, मालपोतचोक स्थित मन्टेश्वरीमा अक्षराम्भ गराईएको हो । “जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ " भन्ने मुल नाराका साथ स्थापना गरिएको मन्टेश्वरी नयांँ बालबालिकाहरुको बाक्लो सहभागिता रहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए । शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै गरिने रानाले बताउनु भयो । यसका साथै मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।

यहाँ दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन गरिने मन्टेश्वरीका प्राचार्य सोनी गुरुङ्गले जानकारी दिनुभयो ।

यहांँ प्लेग्रुप , टोडलर , नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन ।

 

Monday, February 8, 2021

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सव मनाउंँदै

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो । 



   बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा सौगात मल्ल, रोशनी केसी ,चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिनुभयो ।

 

‘हामीले कोरोनका कारण ढिलै भए पनि पांँचौ बार्षिकोत्सव मनाउन लागेका छौं उहाँले भन्नुभयो, कार्यक्रमको मिति तय गरी तयारीको अन्तिम चरणमा पुगेका छौं ।’ उहांँका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रमा समाज रुपान्तरणका लागि योगदान तथा भूमिका खेल्नु भएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । ‘अघिल्ला बार्षिकोत्सव जस्तै यस बर्ष पनि हामीले विभिन्न क्षेत्रबाट योगदान दिनु भएका व्यत्तित्वलाई सम्मान गर्दैछौं , यो हाम्रो दायित्व पनि हो ।’ कार्कीले भन्नुभयो ।

 

सय जना भन्दा बढी आमन्त्रित पाहुनाहरुका साथ मनाईने बार्षिकोत्सवमा साहित्यकार झमक घिमिरेद्धारा लिखित चलचित्र ‘जीवन कांँडा की फूल’ प्रर्दशन गरिने महाप्रबन्धक कार्कीले बताउनु भयो । कोरोनाको प्रभाव कम हुदै गएपनि मिडिया हाउसले स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको कार्कीको भनाई छ ।स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छन ।