BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, February 17, 2016
Thursday, February 4, 2016
सम्बन्धको पर्खाल भाग - २ सार्वजनिक
२०७२ माघ २१ गते
सम्बन्धको पर्खाल भाग —२ सार्वजनिक
उद्यमीलाई समेट्दै ९ वटा गीतको संग्रहको सम्बन्धको पर्खाल एल्बमको अडियो जुक बक्स सार्वजनिक गरेको एक बर्ष पुग्न नपाउदै रत्ननगर ०८ चितवनका चक्रपाणि तिमल्सिनाले आफ्नै एकल संगितमा संगीतीक कोसेली सम्बन्धको पर्खाल भाग —२ को अडियो जुक बक्स सार्वजनिक गरेका छन् । उनको संगीतमा कर्म ग्लाल्छेन बम्जनले हिमाल हाम्रो गौरव हो, सत्यराज आचार्यले धेरै चोटि आफैसँग , स्वरुपराज आचार्यले हेर्दा हेर्दै, निखिता थापाले भन्दिन तिमीलाई म गीत गाएका छन् । उक्त गीति संगालोमा उनी आफैले गाएका सुनसान बस्ति भित्र, म उद्यमी र जनजनमा जागरण बोलका गीत पनि समावेश गरेका छन् ।
बिश्वरमण न्यौपाने, महेशबाबु तिमल्सिना , रमेश धिताल र उनी आफैको रचना रहेका ७ वटा गित उक्त अडियो जुक बक्समा समावेश रहेको चक्रपाणि तिमल्सिनाले बताए । संगीत पेशा होइन तर आफुले श्रृजना गरेका संगीतलाई जीबन्त राख्न गीति संग्रह बाहिर ल्याएको उनी बताउछन् । “म उद्यमी गरि खान जान्दछु , म उद्यमी गरीखान सिकाउछु” र “जनजनमा जागरण ल्याउ हामी सबैले” गितले देश विकासमा उद्यमीको बिशेषता र आफ्नै देशमा केही गरौं भन्ने सन्देश बोकेका उनी बताउछन् । राष्ट्रिय , आधुनिक, लोक पप, पप , उद्यमी र जागरणका सन्देश दिने खालका गितहरु एल्बममा समेटिएको उनी बताउछन् ।
Subscribe to:
Posts (Atom)
-
रत्ननगर, फागुन ४ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा रहेका अपाङ्गता भएकाहरुको भेलाले रोहीत होङ राइको संयोजक रहेको नवजिवन स्व...
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा ...