रत्ननगर महोत्सव : वातावरण संरक्षणमाथि गम्भीर प्रहार
ध्रुव अधिकारी
रत्ननगर महोत्सव–२०७२ को छापमा लोपोन्मुख एकसिंगे गैँडाको तस्बिर राखिएको छ । संरक्षणको हिसाबले हेर्ने हो भने उक्त गैँडाको आकृतिलाई दुई वर्षमा एकपटक हुने ठूलो उत्सवको प्रमुख चिन्हमा स्थान दिनु स्वागतयोग्य कुरा हो । तर, चिन्हमा स्थान दिइनुको साथै रत्ननगर महोत्सवले उक्त चिन्हमा भएको जनावर र अरु जंगली जनावरहरुलाई कस्तो किसिमको असर पार्दछ भन्ने व्यहोराको आँकलन गर्न सकेको भएमात्र रत्ननगर महोत्सव अझ बढी सफल उत्सव बन्न सक्थ्यो होला

रत्ननगर महोत्सव विसं २०५७
देखि सुरू हुँदै आएको हो । रत्ननगर चेम्बर अफ कमर्स र रत्ननगर नगरपालिकाको
संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । टिकौली जंगलको चौरमा
सञ्चालन गर्नुपूर्व यो महोत्सव रत्ननगर टाँडीस्थित नेपाल माध्यमिक
विद्यालयको चौरमा सञ्चालन गरिने गरिन्थ्यो र ठाउँ अभाव र अनुकूलतालाई आधार
बनाई विसं २०६६ देखि यस कार्यक्रम टिकौली जंगलको चौरमा सञ्चालन गर्न थालिएको
हो । प्रत्येक दुई वर्षमा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवमा करोडौँको
कारोबार हुने र तीन लाखभन्दा धेरै व्यक्तिहरुले अवलोकन गर्ने गरेका छन् ।
आर्थिक कारोबारको हिसाबले र मनोरञ्जनको हिसाबले हेर्दा त यो उत्सवभन्दा
महाउत्सव अरु हुन नै सक्दैन । तर, संरक्षणजस्तो मह¤वपूर्ण
पाटोबाट हेर्दा सो महोत्सव स्थल अत्यन्त
अनुपयुक्त देखिन्छ । बरन्डाभार
करिडरजस्तो राष्ट्रिय मह¤वको वन क्षेत्रको
नजिकमा ठूलाठूला महोत्सव आयोजना
गर्नुपूर्व समितिले उचित परामर्श लिन
नसक्नु र लगातार सो क्षेत्रमा महोत्सव
गर्ने निर्णयमा पुग्नु दुर्भाग्यपूर्ण
हो ।
जम्मा ८७.९
वर्र्गिकलोमिटरमा फैलिएको बरन्डाभार वन क्षेत्रलाई महेन्द्र राजमार्गले बीचमा
चिरेर दुई भागमा विभाजन गरेको छ । यसअन्तर्गत दक्षिणी भाग ५६.९ वर्गकिलोमिटर
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्दछ भने बाँकी उत्तरी भाग
३१ वर्गकिलोमिटर जिल्ला वन कार्यालयअन्तर्गतको राष्ट्रिय वनमा पर्दछ
। यसभित्र रामसार क्षेत्रमा सूचीकृत नेपालको दोस्रो ठूलो प्राकृतिक
सिमसार क्षेत्रभित्रको बिसहजारी तालजस्ता मह¤वपूर्ण
सम्पदाहरु पनि रहेका छन् । सन् १९५० पछि
सरकारको राप्तीदून कार्यक्रमअन्तर्गत बासस्थानका निम्ति निकै जंगल क्षेत्र फँडानी
भएको र अब बरन्डाभार करिडरमात्रै बाँकी रहेको एउटा त्यस्तो प्राकृतिक वन
क्षेत्र हो, जसले चुरे (शिवालिक) पहाड र महाभारत पहाडलाई जोड्दछ । यो एउटा
त्यस्तो वन क्षेत्र हो, जहाँबाट जंगली जनावरहरु उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तरतिर स्वतःस्फूर्त यात्रा गर्न सक्दछन् । वर्षा याममा लोपोन्मुख
गैँडा र बाघजस्ता जनावरहरुले उचित संरक्षणका लागि उच्च भेगमा जानका
निम्ति यस्तै वन क्षेत्रको बाटो प्रयोग गर्दछन् । जंगलले भरिएको यस वन
क्षेत्रमा बाघ र गैँडासमेत गरि २२ प्रकारका स्तनधारी र लोपोन्मुख हर्निबल र one
स्टर्कजस्ता चराहरु समेत गरी २८०
प्रजातिका चराहरुको बासस्थान रहेको छ ।
तसर्थ,
यस वन क्षेत्र राष्ट्रकै एउटा संवेदनशील
र मह¤वपूर्ण वन क्षेत्र
रहेको छ ।
तर पनि यता महेन्द्र
राजमार्गले दुई चिरा पारेको, सोमाथि केही वर्षयता
पदमपुरबाट भरतपुर निस्कन बनाइएको बाटोले
अर्को चिरा पारेको र अब महोत्सवजस्ता क्रियाकलापहरुले यस संवेदनशील वन क्षेत्रलाई धेरै
नै असर पु¥याउन सक्ने सम्भावना रहन्छ । अझ यस टिकौली चौरलाई जसरी पनि
क्षेत्रीय रंगशाला बनाई छाड्ने भाषणहरु पनि नसुनिएको होइन । यद्यपि, वन मन्त्रालयले उक्त रंगशालाको योजनालाई मान्यता नदिएको कारण टिकौलीमा रंगशाला
बनाउने योजनाको तुषारपात भएको थियो ।
रत्ननगर महोत्सवका चुनौतीहरु ः
संवेदनशील वन क्षेत्रको एकदम नजिकमा करिब दस दिनसम्म रत्ननगर महोत्सव सञ्चालन हुने गर्दछ । उक्त महोत्सवमा ठूलाठूला स्पिकरहरु प्रयोग गरिन्छ, जसको आवाज धेरै किलोमिटर परसम्म पनि सुन्न सकिन्छ । त्यसैगरी, भारतीयहरुले सञ्चालन गर्ने ‘मौतका कुवा’ अर्थात् जोखिमपूर्ण मोटरसाइकल चलाउने कार्यक्रम, घुम्ने पिङ इत्यादिमा ज्यादै ठूलो मात्रामा ध्वनि प्रदूषण हुने गर्दछन् । त्यसैगरी, आयोजकले बेलाबेलामा हेलिकप्टरमा चढाएर चितवनका उत्तरी भूभागअन्तर्गत रहेका सिराइचुली, उपरदाङगढी र देवघाट दर्शन गराउनेजस्ता राम्रा कार्यक्रमहरु गर्न खोजेता पनि जंगल क्षेत्रको निकै नजिक भएर हेलिकप्टर उडाउनु पर्दा यसले जंगली क्षेत्रमा नराम्रो असर पर्न सक्दछ । त्यसैगरी, महोत्सव अवधिभरि दिनहुँजस्तो राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुतिमा निकै चर्काचर्का आवाजहरु धेरै टाढाटाढासम्म पनि पुग्ने गर्दछन् । ध्वनि प्रदूषणले जंगली जनावरहरुलाई प्रत्यक्ष असर पु¥याउन सक्दछ भन्ने प्रशस्त आधारहरु रहेका छन् र सोबारेमा सोध एवं अध्ययनहरु पनि भएका छन् । ध्वनि प्रदूषण र मानव क्रियाकलापले जंगली जनावरहरु बासस्थान परिवर्तन गर्न बाध्य हुने र त्यसले जनावरको प्रजनन्मा प्रत्यक्ष असर पर्न सक्ने सम्भावना रहेको हुन्छ । हुन त, हाम्रो देशमा कतिसम्मको ध्वनि जंगली क्षेत्रवरपर गर्न पाइने र कति नपाइने भन्ने कुरा ऐनमा स्पष्ट उल्लेख नभएकाले भविष्यमा पनि यस्ता समस्याहरुको कानुनी समाधान खोज्न भने गाह्रो रहेको छ । तर, अरु विकसित देशहरुमा भने यस्ता कानुन नभएका भने होइनन् । त्यसैगरी महोत्सवको समयमा अव्यवस्थित शौचालयले नजिकै खोला र पर्यावरणमा पार्न सक्ने असरको पनि आँकलन गर्न जरूरी छ ।
अन्त्यमा,
महोत्सव आफैँमा खराब कुरा अवश्य होइन । त्यसो त, रत्ननगर महोत्सवले स्थापनादेखि नै कहिले मह, कहिले कुखुरा, कहिले केरा, कहिले माछा व्यवसायजस्ता मह¤वपूर्ण व्यवसायहरुलाई प्रवद्र्धन गर्दा किसानहरुले प्रत्यक्ष रुपमा लाभान्वित भएका होलान् । तर पनि यस्ता महोत्सवहरुले महोत्सव स्थल चुन्न पर्दा अलि ध्यान पु¥याउन भने आवश्यक रहेको छ । आर्थिक पाटोसँगसँगै महोत्सवले पु¥याउन सक्ने वातावरणीय, सामाजिक असरहरुको पनि उचित मूल्यांकन गर्न आवश्यक देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा रत्ननगरजस्तो पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको स्थानमा रत्ननगर महोत्सवले आफ्नो छापमा गैँडाको तस्बिरलाई राखे पनि संरक्षणको मूल मर्मलाई अंगीकार गर्न भने सकेको छैन । नजिकका मध्यवर्ती तथा सामुदायिक वनहरुले बर्र्सेिन लाखौँ रूपैयाँ संरक्षणका लागि खर्च गरिरहेको क्षेत्रवरपर महोत्सवले जानेर वा नजानेर संरक्षणविरोधी कार्यहरु गर्दा संरक्षणको मूल भावमाथि आघात पुग्न सक्दछ र भविष्यमा पर्यापर्यटनमाथि उल्लेखनीय असर पुग्न सक्दछ । तसर्थ, रत्ननगर चेम्बर अफ कमर्स र रत्ननगर नगरपालिकाजस्ता जिम्मेवार निकायहरुले आगामी दिनहरुमा रत्ननगर महोत्सवका निम्ति वैकल्पिक स्थानको खोजी गर्न जरूरी देखिन्छ ।