Thursday, December 4, 2014

Food Feeding And Health Check Up By Lions And Leo Club Of Rhino City Ratnanagar Chitwan

बिश्व अपाङ्गता दिवसको अवसर पारेर आज लायन्स क्लब अफ राइनो सिटी र लियो कल्व अफ रत्ननगरको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ।झुवानी विद्यालयमा लायन्स क्लब अफ राइनो सिटीले स्वास्थ्य परिक्षण गरेको हो भने लियो कल्व अफ रत्ननगरले झुवानीका दृष्टिविहीन विद्यार्थीहरुलाई विहानको खाना खुवाएको हो । राईनो सिटीले गरेको स्वास्थ्य शिविरमा २२ जनाको स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरुलाई औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविर कार्यक्रम लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षता तथा सौराहा लायन्स क्लवका पुर्व अध्यक्ष दिपेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो ।बिद्यालय सञ्चालक समिति अध्यक्ष जयन्ती रिजाल ,दृष्टिबिहिन कक्ष व्यबस्थापक हिरा थापा लगाएते बोल्नु भएको थियो।

Wednesday, December 3, 2014

The Range Nepali Film Teaser Theatrical Trailer And Full Songs

द रेन्जको रिलिज डेट यहि पौष ०४ गते रामु आचार्य /रेडियो अर्पण चितवन भगवान गौतम बुद्धको उपदेश बर्तमान समयको आवश्यकता साथै गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाइ विश्वभरि चिनाउने उद्देस्यका साथ् निर्माण भयको नेपालि कथानक चलचित्र "द रेन्ज" आगामी पौष ०४ गते बाट अलनेपाल रिलिजका साथ् प्रदर्शन हुदैछ ! राम नेपालको कथा/निर्देशनमा तयार भयको चलचित्रमा लोकेन ओली ,राज क्षितिज,दिपा थापा ,गणेश उप्रेती ,पिताम्बर आचार्य, राम रिमाल लगायतको अभिनय रहेको छ ! भगवान गौतम बुद्धको बिषयमा कथा केन्द्रित भयकोले चलचित्रले सफलता पाउनेमा निर्माता पिताम्बर आचार्य साधुराम ढुक्क हुनुहुन्छ ! चलचित्रको "बस्यो प्रित बस्यो" र निशा सुनारको आइटम नृत्य रहेको "बालै भयन साइला" भन्ने गीत चर्चामा छ ! नेपालि मन र नेपालिपन भयका दर्शकले चलचित्र "द रेन्ज" एकपटक हेर्नैपर्ने निर्देशक राम नेपाल बताउनुहुन्छ ! पौष ४ गते देखी भब्य प्रदर्शन हुँदैछ ।